×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ८ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ११ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १३ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १३ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • २ दिन अघि

आखिर माया में राम मिले ना श्याम !

  •  गोरखा समाचार
  • मङ्गलबार, फागुन २५, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    चोक्टा खान गएका एक जना नेता झोलमा डुबेर मरेछन् । विचरालाई एउटा ठुलो पाटीको अध्यक्ष हुने रहर लागेर उखपात भएको रहेछ ।

    त्यसका लागि उनले असली, साबिकको, पुरानो आदि शब्द प्रयोग गरी झुक्याइने बरमाझियाको पेडाजस्तो सर्वथा सजिलो एउटा विदेशी ब्रान्डवाला पाटी रोजेछन् । तर उनले जुन पाटी रोजेका थिए, त्यसमा पहिलेदेखि गजधम्मप्रसादको हालीमुहाली रहेछ । अलिपछि एक जना पाहुना पनि थपिएछन् ।

    ती पाहुनाको नियत पनि ठुलो पाटीको एक्लो अध्यक्ष हुने रहेछ । त्यसैबीच उनीहरू पाटी फुटाऊ र राज गर भन्ने रणनीतिमा लागेछन् । पहिल्यैदेखि खाइखेली पल्केका गजधम्मप्रसादले भने हालीमुहाली छोड्न मानेनछन् ।

    अन्ततः ती नेता र पाहुना मिलेर उस्तै खालको नाममा पुरक गतिविधि गर्न थालेछन् । तर उनीहरूले आफ्नो भनी दाबी गरेको नाम त उनीहरूको मौलिक रहेनछ । अर्कैको कपी–पेस्ट पो रहेछ ।

    विचरा नेतृत्व दाबी गरिरहेका तीनै जना महामहिमको सपना हुरीले उडाएछ । २०७७ फागुन २३ गते सर्वोच्च ठाउँबाट आएको हुरीले गर्नुसम्म गरेछ । चल्तीवाला ब्रान्डेड पाटीको नाम सुरुमा जसको हो उसैको हुने टुङ्गो लागेपछि ती नेताले नैेतिकताका आधारमा झोलमा डुबेर मर्ने निष्कर्ष निकालेछन् ।

    नैतिकता शीर्षकमा लेखिएको यो कथा कन्टिर–बाबूको ब्रान्ड–न्यु सिर्जना हो । कसैको व्यक्तिगत जिन्दगीसँग मेल खाएमा संयोग मात्र हुनेछ । किनकि नेपालमा नेतामा नैतिकताको प्रश्न उठाउनु निकै जोखिमपूर्ण काम हो ।

    देशको वर्तमान राजनीतिका सम्बन्धमा कन्टिर–बाबूको निष्कर्ष छ– अपना काम बनता, भाँड में जाए जनता ! नेता भनाउँदाहरू कति मतलबी ? जेमा पनि आफ्नो दाबी ठोक्ने, जे कुराको पनि आफ्नै अनुकूल व्याख्या गर्ने ।

    अब हेर्नुहोस्, दुनियाँ अचम्भित पार्नेगरी सर्वोच्च ठाउँबाट कट्टेल सरकोे पक्षमा भएको उद्घोषले मनमा जतिसुकै चोटपटक लागे पनि त्यसलाई नेताहरूले आफ्नो जितको रूपमा व्याख्या गरे ।

    लो सुन लो बात ! यो फैसलापछि ओल्बाको खेमामा त खुसीयाली नै छाएछ । त्यसो त सर्वोच्चले राजनीति गरयो भन्नेको पनि कमी छैन छैन मुलुकमा । त्यस्ताहरूको तर्कअनुसार संसद् पुनःस्थापनाका सन्दर्भमा ओल्बालाई हराएजस्तो गरेको सर्वोच्चले आधिकारिकता विवादमा भने ओल्बालाई जिताइदियो रे !

    यता नेकपा कट्टेल सरको पोल्टामा गएपछि त्यसअघि एक भए भनिएका नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग भएको अर्थ लगाइएको छ । चुच्चे ढुङ्गो उही टुङ्गो भने जस्तो दुवै पार्टी निर्वाचनअघिको हैसियतमा पुगेको बताइन्छ ।

    त्यसो हो भने अब झल–माधव कता जाने हुन् ? उपनिर्वाचनमा नेकपाको नाम र सूर्य चिन्ह लिएर चुनाव जितेकाहरूको हैसियत के हुने हो ? यतिबेला कन्टिर–बाबूको मनमा यस्तै प्रश्न उठेको छ । तर कन्टिर–बाबू यस विषयमा खासै बोल्ने मुडमा छैनन् ।

    तर कन्टिर–बाबूलाई लागिरहेको छ– खुच्चिङ पर्‍यो, बडो ठूला भनाउँदा कमनिस्टहरू मिलेर सानो ठानिएका कट्टेल सरलाई पेल्न खोजेका थिए । मच्चिए–मच्चिए थच्चिए !

    यस्तो अवस्थामा सन्ध्या र उदाउँदो सूर्यका आधारमा ओल्बाले त चित्त बुझाउने प्रयत्न गर्लान् तर ठुलो भाग खोस्ने प्रयत्नमा रहेका झप्रमहरूले के गर्ने होलान् ? आखिर माया में दोनो गए, राम मिले ना श्याम !

    साभार : koshionline

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, फागुन २५, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.