×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कोखामा हतियार, मुखमा शान्ति !

  •  गोरखा समाचार
  • शनिबार, फागुन २२, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अघि–अघि धामी नाचे पछि–पछि ढोल,
    भित्र–भित्र के–के भा’छ सत्य कुरा बोल !

    हिजो साँझ कन्टिर–बाबू गाउँ चहार्दै थिए, माथ्लो टोलमा ढ्याङ्ग्रो बजिरहेको सुने । त्यसरी ढ्याङ्ग्रो नै ठोक्नुपर्ने के सन्दर्भ परेछ त ? भन्ने कुतूहल बोकेर नजिकै जाँदा कन्टिर–बाबूले देखे त्यहाँ एक जना घुँघुरे धामी र धुपौरे निकै ताहुरमाहुर गर्दै रहेछन् ।

    भएको के रहेछ भने त्यो घरमा बाँदर धपाउन राखेको लाइसेन्सवाला एउटा भरुवा रहेछ, हिजो अचानक त्यो हराएछ । कतै त्यो भेटिन्छ कि भन्ने आसमा जोखाना हेर्न धामी बोलाएका रहेछन् ।

    लौ परमेश्वरी ‘ हतियार कसले लुकायो ? साँचो–साँचो भनिदिनुपर्‍यो भन्दै धुपौरे पटक–पटक धुप हाल्दो रहेछ, धामी पनि धुँवाको गन्ध जति फैलियो उति उफ्री–उफ्री ठुलोे स्वरले कराउँदा रहेछन् ।

    त्यसो त कन्टिर–बाबूलाई धामी–झाँक्रीले ताहुरमाहुर र ठुलो स्वर गर्दैमा हराएको सामान भेटिन्छ वा समस्या समाधान हुन सक्छ भन्ने पत्यार लाग्दैन, तर धामीले रमिताचाहिँ राम्रै प्रदर्शित गर्छन् । रमितेको भिड राम्रै जम्मा हुन्छ ।

    संयोग हेर्नुहोस्– हिजै दिउँसो काठमाडौँमा एउटा हतियारधारीसमूहका नेतासँग बसेर हाम्रा ओल्वाले फोटो खिचाए, त्यसको केही मिनेटपछि नै कन्टिर–बाबूको छिमेकी गाउँमा भएको एउटा हतियार स्यालको सिङजस्तै हरायो ।

    आखिर सरकारले सशस्त्र द्वन्द्वरत भूमिगत समूहसँग वार्ता र सहमति गर्दैगर्दा त्यो समूहसँग रहेका हतियारबारे किन प्रश्न उठाएन ? यहाँनेर दालमा पक्कै केही कालो छ ।

    भला यतिसम्म स्वाभाविकै मानेका कन्टिर–बाबूलाई अस्वाभाविक चाहिँ कहाँनेर लागिरहेको छ भने, जाबो एउटा भरुवा बन्दुक हराउँदा त्यत्रो हल्लीखल्ली हुने समाज एसएलआरसहितका दर्जनौँ अत्याधुनिक हतियार हराउँदा पनि तैँ चुप, मै चुप किन ?

    कन्टिर–बाबू माथामा हात राखेर सोचिरहेका छन्– हिजो सशस्त्र द्वन्द्वरत प्रचण्डलगायतको समूह शान्ति प्रक्रियामा आउँदा केही हतियार खोला तर्ने क्रममा बगे भनेर हिसाब हिनामिना गरिएको थियो । तिनैमध्येका केही हतियारमा थपथाप पारेर सशस्त्र द्वन्द्व गरेका हुन् विप्लवले । तर शान्ति प्रक्रियामा आउँदा भने ती हतियारबारे कुनै प्रश्न छैन ।

    कन्टिर–बाबू प्रश्न गर्छन्– आखिर सरकारले सशस्त्र द्वन्द्वरत भूमिगत समूहसँग वार्ता र सहमति गर्दैगर्दा त्यो समूहसँग रहेका हतियारबारे किन प्रश्न उठाएन रु यहाँनेर दालमा पक्कै केही कालो छ ।

    यता, हिजो संसदीय व्यवस्थालाई दुत्कारेर, यसलाई ध्वस्त पार्न हतियार उठाएका विप्लव हतियार लकाएर आज कसरी सहजै बाहिर आए ? सहमतिसँग हतियार सरकारलाई बुझाउनुपर्ने होइन र ?

    यदि होइन भने जबसम्म लुकाएका हतियार बुझाइँदैन, तबसम्म अहिले भयो भनिएको तीन बुँदे सहमति र वार्तालाई केवल समातिएका कार्यकर्ता छुटाउँदै हतियारबद्ध मोर्चा थप सङ्गठित गर्ने रणनीतिक बहानाबाजी मात्र मान्छन् कन्टिर–बाबू ।

    कन्टिर–बाबू शान्तिपूर्ण राजनीतिमा आएको भनिएको विद्रोही पक्षलाई सुझाव दिन्छन्– तर, बट, किन्तु, परन्तु केही नलगाई सरक्क आफूसँग भएका हतियार सरकारलाई बुझाएर त्यसको भर्पाइ जनतालाई देखाऊ । अन्यथा कोखामा हतियार लुकाएर मुखले शान्तिको राग अलापेको जनताले निको मान्नेवाला छैनन् ।

    साभार koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शनिबार, फागुन २२, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.