×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

हास्यास्पद जलहारी प्रकरणमा गम्भीर प्रश्न

  •  गोरखा समाचार
  • सोमबार, फागुन १७, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कन्टिर–बाबू धर्म–कर्मसहित अध्यात्ममा पनि रुचि राख्छन् । तर उनी धर्मका नाममा पोङ्गा पण्डित वा लकिरका फकिर चाहिँ होइनन् । धर्मका नाममा विद्यमान गलत मान्यता र क्रियाकलापहरू सुधार गर्नुपर्ने पक्षमा कन्टिर–बाबू छन् । तर धर्मका नाममा जथाभावी गर्ने अनि धर्मभीरु व्यक्तिको भावनाको अपमान गर्ने कुनै पनि खेलाडीको खेलाचीसँग कन्टिर–बाबू सहमत हुन सक्दैनन् ।

    बीचमा हाम्रा ओल्वा धर्मको आडमा गरिने राजनीतिजस्तो नचाहिँदो खेलमा सहभागी हुन खोजेका हुन् कि भन्ने आभास कन्टिर–बाबूलाई भइरहेको छ । धर्मलाई अफिम मान्ने मान्यताका आधारमा हुर्केका कट्टर कमनिस्ट मानिने ओल्बा कहिले राम जन्मभूमिको प्रकरण झिकेर चर्चित हुन् खोज्छन् त कहिले पशुपतिमा संङ्कल्प पूजा गरेर । आखिर किन ? प्रश्न त उठ्छ नै ।

    त्यसमाथि काम न काजमा पशुपतिमा करोडौँ मूल्यको सुनको जलाहारी चढाउने निर्देशन ओल्बाले दिएर कुन समूहको मन जित्न खोजेका हुन् ? एक जना कमनिस्ट नेताले पशुपतिलाई सुनको जलहारी चढाउनुको अन्तर्य के छ ? उत्तर कन्टिर–बाबूलाई मात्र होइन दुनियाँलाई थाहा छ, यो हिन्दु सनातनी भोट तान्ने कार्डबाहेक अरू होइन ।

    पशुपतिनाथमा लगाइसकेको सुनको जलहारी सर्वोच्चको आदेश मानेर हटाइन्छ कि विश्वव्यापी सम्पदा संरक्षणको मान्यताविपरीत चाँदीको जलहारीमाथि थपिएको सुनको जलप कायमै राखेर सर्वोच्चको आदेश बर्खिलाप गरिन्छ ? प्रश्न सामान्य लागे पनि पेचिलो छ ।

    तर कन्टिर–बाबूलाई जस्तै सर्वोच्चलाई पनि यो कुरा मन परेको छैन । उसले ओल्बाको उक्त निर्देशन हाललाई कार्यान्वयन नगर्नू–नगराउनू भन्दै सम्बन्धितहरूका नाममा अन्तरिम आदेश नै जारी गरेको छ ।

    त्यसो त ढिलो न्याय दिनु पनि न्यान नदिनु बराबर हो भन्ने कानुनी सिद्धान्त कन्टिर–बाबूले धेरै पहिले सुनेका हुन् । त्यसका केही उदाहरण पनि उनको जानकारीमा छन् ।

    पछिल्लो पटक पशुपतिनाथको जलहारी काण्ड त्यसकै एउटा ताजा नजिर बनेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत कुनै पनि पुरातात्विक सम्पदाको हैसियतमा फरक पर्ने गरी कुनै प्रकारको थप–घट गर्न नपाइने अन्तर्राष्ट्रिय नजिरहरू छन् ।

    तर नेपालमा भने सरकारले नै विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्रिभित्र रहेको चाँदीको जलहारीवाला शिवलिङ्गमा सुनको नयाँ जलहारी राख्न लगाइसकेको छ । रापबाट क्षमापूजा सम्पन्न गरिवरी लालमोहर सदरसमेत भइसकेको छ ।

    मान्छेले फोहोर गरिसक्यो अनि दैलो देख्यो भने जस्तो काम–कुरो बिग्रिसकेपछि सर्वोच्च अदालतबाट नयाँ जलहारी राख्ने सरकारी निर्णय कार्यान्वयन नगर्न आदेश भएको सुनेर कन्टिर–बाबू छक्क परिरहेका छन् ।

    हाहाहा ‘ यस्तोमा कन्टिर–बाबू हाँस्ने मुड नहुँदा–नहुँदै हाँस्न बाध्य छन् । राज्य सञ्चालनको साँचोे हात पारेकाहरूबाटै सम्पदा बिगार्ने जस्तो नचाहिँदो गर्छन् भने कन्टिर–बाबू नहाँसुन् पनि किन ?

    तर हाँस्दा–हाँस्दै कन्टिर–बाबू गम्भीर हुन्छन् । अब काम नपा बुहारी पोख्दै–उठाउँदै गर भने जस्तो पशुपतिनाथमा लगाइसकेको सुनको जलहारी सर्वोच्चको आदेश मानेर हटाइन्छ कि विश्वव्यापी सम्पदा संरक्षणको मान्यताविपरीत चाँदीको जलहारीमाथि थपिएको सुनको जलप कायमै राखेर सर्वोच्चको आदेश बर्खिलाप गरिन्छ ? प्रश्न सामान्य लागे पनि पेचिलो छ ‘ आखिर पशुपतिमा सुनको जलहारी प्रकरणमा अब हुन्छ चाहिँ के ?

    साभार : koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, फागुन १७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.