×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३२ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

दुनियाँ चकित पार्ने राजनीतिमा अपराधीकरण

  •  गोरखा समाचार
  • मङ्गलबार, फागुन ११, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कन्टिर–बाबू एकाबिहानै मधेसतिर प्रचलित एक लोकोक्ति सम्झिरहेका छन्– अँधेर नगरी चौपट राजा, टका सेर भाजी टका सेर खाजा !

    विधि–विधानअनुसार नेतृत्व नचल्ने देशमा तरकारी र मिठाईको मूल्य र गुणमा कुनै अन्तर खोजिन्न । यस पृष्ठभूमिमा यस लोकोक्तिको अर्थका बारेमा थप अथ्र्याइरहनु पर्दैन भन्ने कन्टिर–बाबूलाई लाग्छ ।

    अपराधीलाई माफी दिनेबारे ओल्बा सरकार र रापको पहिल्लो निर्णय सुनेदेखि नै कन्टिर–बाबू निकै परेशान छन् । उनको प्रश्न छ– यस्तो पनि हुन्छ दुनियाँमा कहीँ ? राजनीति होस् कि जे सुकै होस्, कुनै पनि नाममा अपराधीलाई जथाभावी माफी–मिनाहा दिन मिल्छ ? अधिकार र राज्य–शक्तिको यस्तो दुरुपयोग कहिलेसम्म चल्छ ?

    प्रजातन्त्र दिवसका दिन रापबाट पछिल्लो पटक पाँच सय ८० जनाको बाँकी सजाय माफी–मिनाहा भएको छ । सामान्यतः चालचलनमा सुधार भएका र कम्तीमा आधा कैद भुक्तान गरेका कैदीलाई बाँकी सजाय मिनाहा गर्ने प्रचलन रहेको कन्टिर–बाबूलाई थाहा छ ।

    तर यसपटक मिनाहा पाएका सबै कैदीहरू कानुनले निर्देशित प्रचलनअनुसारै सजाय मिनाहा भएको हो त ? अहँ, पक्कै होइन । कन्टिर–बाबूले चिनेका कानुनका केही जानकारहरूमात्र होइन, स्वयम् कन्टिर–बाबू पनि सजाय मिनाहासम्बन्धी रापको राजनीतिक निर्णयप्रति असन्तुष्ट छन् ।

    राजनीतिक आवरणमा हुने अपराधीकरणका अनेक नमुना नेपालमा पाउन सकिन्छ । यस्तो कुप्रचलनलाई सबै मिलेर रोकौँ । अन्यथा मुलुक दण्डहीनताको भासमा थप भासिनेछ ।

    त्यसो त पहिलेदेखि सजाय माफी–मिनाहा गर्ने प्रचलनप्रति असहमति व्यक्त हुँदै आएको छ । कन्टिर–बाबू पनि सुरुदेखि नै यो प्रचलनको विपक्षमा छन् । कारण यो आलोचित प्रचलनलाई हतियार बनाएर प्रत्येक सत्ताधारीले कानुनी कम राजनीतिक निर्णय बढी गर्दै आएको कन्टिर–बाबूको जानकारीमा छ । यही हतियारको बलमा राजनीतिक अपराधीकरणलाई प्रश्रय दिइँदै आएको पनि विदितै छ ।

    विगतमा काङ्ग्रेस, माओवादी वा अरूहरूले पनि राजनीतिक नियतसहित यो हतियार प्रयोग गरेकै थिए । कन्टिर–बाबूलाई लाग्छ, यसपटक भने पुराना सबै रेकर्ड ब्रेक गर्नेगरी काम भएको छ । विभिन्न अपराधमा प्रमाणित भए पनि कानुनी दायरामा नआएका थप १५ जनालाई सरकारले बाटोबाटै आममाफी दिने निर्णय गरेको छ । ओल्बाले भनेको ठिकै रहेछ, यस्तै केही खास–खास मामलामा अहिलेको सरकार दुनियाँलाई चकित पार्नेगरी काम गरिरहेको रहेछ ।

    तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेल कारागारभित्रै एमाले कार्यकर्ताको कुटपिटबाट मारिएका थिए । तत्कालीन सरकारले पौडेललाई सहिद घोषणा गरेको थियो । अहिले उनै सहिद पौडेलका हत्याराले १० वर्ष कट्दा–नकट्दै सरकारबाट राजनीतिक संरक्षण र रापबाट आममाफी पाएको कन्टिर–बाबूलाई एक सुता मन परेको छैन ।

    यसअघि हत्या प्रमाणित भई सर्वस्वसहित जन्मकैद सजाय ठेकिएका ओखलढुङ्गाका बालकृष्ण ढुङ्गेलसहित ठुलो सङ्ख्यामा कैदीलाई २०७५ जेठ १५ गते गणतन्त्र दिवसका दिन उही सरकारको सिफारिसमा उही रापबाट आममाफी पाएका थिए । २०७४ कात्तिक १४ गते पक्राउ परेका ढुङ्गेललाई सात महिना पनि जेलमा नराखी आममाफी दिएको थाहा पाएर कन्टिर–बाबूले त्यो बेला पनि विरोध गरेका थिए ।

    यी त केही उदाहरणमात्र हुन् । राजनीतिक आवरणमा हुने अपराधीकरणका यस्ता अनेक नमुना नेपालमा पाउन सकिन्छ । यो जोसँग सम्बन्धित छ, उनीहरूसँग कन्टिर–बाबूको विनम्र निवेदन छ– यस्तो कुप्रचलनलाई सबै मिलेर रोकौँ यार ! अन्यथा मुलुक दण्डहीनताको भासमा थप भासिनेछ ।

    साभार : koshionline

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, फागुन ११, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.