×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

औषधि होइन आशीर्वादको बहाना !

  •  गोरखा समाचार
  • मङ्गलबार, फागुन ११, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कहीं पे निगाहें कहीं पे निसाना ‘ जिने दो जालिम बनाओ न दिवाना !

    कन्टिर–बाबूलाई आज बिहानदेखि मजरुह सुल्तानपुरीका यी शब्दहरूको सम्झना पटक–पटक आइरहेको छ ।

    सर्वोच्चमा विचाराधीन रहेको संसद् विघटनसम्बन्धी मुद्दामा झिकाइएको एमिकस क्युरीका पाँचमध्ये चार जनाले पुनःस्थापना र एक जनाले घोषित निर्वाचनका पक्षमा दिएपछि नेपालमा राजनीतिक बिरामीहरू सङ्ख्या ह्वात्तै बढेको छ ।

    त्यही सेरोफेरोमा हाम्रा नेताहरूको दिल्ली दौडाहा सुरु भएको छ । कन्टिर–बाबूलाई उपचारको बहानामा जारी नेताहरूको दिल्ली दौडाहाको दालमा भित्रपट्टि पक्कै पनि कुनै कालो रहेको आभास लगातार भइरहेको छ ।

    उपचारका लागि भन्दै अघिल्लो हप्ता झनाख पारि गए, यो हप्ता बाराभ गए । निकै सक्रियतापूर्वक सडकमा सरकारविरोधी मान्छे उराल्दै हिँडेका यी दुवै पूर्वसरकार–प्रमुखहरूलाई अचानक त्यस्तो कुन असाध्ये रोगले च्याप्यो जसको उपचार नेपालमा सम्भव छैन ? के उनीहरू कुनै चिकित्सकले नेपालमा उपचार गर्न सकिन्न, दिल्लीको फलानो अस्पताल जानू भनेर रेफर गरिएका बिरामी हुन् ? यी दुई जिज्ञासाको सार्वजनिक जबाफ नआएसम्म कन्टिर–बाबू पर्खिरहने छन् ।

    कसलाई थाहा छैन– उपचार त एउटा बहानामात्र हो । खासमा भित्री रोग राजनीतिक हो । आवश्यकता औषधिको होइन भारतीय आशीर्वादको हो ।

    यसबाहेक एउटा अर्को प्रश्न पनि कन्टिर–बाबूको मनमा उम्लिरहेको छ कि उनीहरूले आफू सरकारको नेतृत्वमा रहँदा यहाँको चिकित्सा–क्षेत्र विश्वसनीय बनाउन के–के काम गरे ? सायद उनीहरूबाट यहाँ ठोस काम नहुनु पनि नियोजित नै छ । कन्टिर–बाबूलाई लाग्छ, त्यो बेला उनीहरूले चिकित्सा क्षेत्रमा साँच्चिकै मन लाएर काम गरेको भए आज उपचारका नाममा दिल्ली जाने सिल्ली बहाना बाँकी हुने नै थिएन ।

    अरे यार, कसलाई थाहा छैन– उपचार त एउटा बहानामात्र हो । खासमा भित्री रोग राजनीतिक हो । आवश्यकता औषधिको होइन भारतीय आशीर्वादको हो ।

    कन्टिर–बाबूले लगाएको अनुमानअनुसार यस बेला उनीहरूले कुनै भित्रिया स्रोतबाट संसद् पुनःस्थापना हुँदै छ भन्ने सूचना पाएका छन् । त्यसैले आफूभन्दा अलि ठुला दारका नेताहरू जनतामा अलोकप्रिय रहेको सूचना उता पुरयाउन र यही मौकामा कतै उताको सहयोगमा यता चौका हान्न पाइन्छ कि भन्ने दाउमा पारि गएका हुन सक्छन् उनीहरू ।

    कन्टिर–बाबूलाई लाग्दैन, उनीहरू सोझो उद्देश्यसहित अचानक दिल्ली दौडाहामा निस्केका हुन् । कारण हाम्रा नेताहरू उपचारको बहानामा दिल्ली जाने रोग पुरानो हो, जसरी पशुपतिको जात्रा सिद्राको व्यापार गर्न भारतीयहरू नेपाल आइपुग्छन् ।

    त्यसो त कन्टिर–बाबू यस्ता कुरामा आवश्यकताभन्दा बढी चासो र चिन्ता लिनुपर्छ भन्ने ठान्दैनन् तर पत्रकारहरूसँग दिन–रातको उठबस हुनाले शङ्का भने हरेक कुराको गर्छन् ।

    जे होस्, जाने जान्छन्, आउने आउँछन्, बराबरी हुन्छन् । सारमा कन्टिर–बाबूलाई लिनुदिनु केही छैन । तर बेला न कुबेला फ्याट्ट रोगी हुने लाइनमा अरू पनि नेता छन् भन्ने कन्टिर–बाबूलाई उच्च–स्रोतले बिहानै सुनाएको छ । त्यसैले उनले यसबारे चासो व्यक्त गरेका हुन् । बाँकी कुरा आफ्नो ठाउँमा छ ।

    वाह रे हाम्रा जालिम नेताहरू ! कहीं पे निगाहें कहीं पे निसाना ‘ लगे रहो, लगे रहो !

    साभार : koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, फागुन ११, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.