×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

आवश्यकताभन्दा बढी चुनावको तनाव

  •  गोरखा समाचार
  • आइतबार, फागुन ०९, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अचेल कन्टिर–बाबू आफ्ना भनिएका साथीभाइसँग पन्छिदा–पन्छिदा हैरान छन् । कारण पत्रकार प्रजातिलाई चुनावको रन्को मजैले लागिसकेको छ ।

    चुनावको रन्को भन्नाले ओल्बाले वैशाख १७ र २७ गते प्रस्ताव गरेको चुनाव होइन । यो त अनिश्चित छ । कोही यो गर्नका लागि घोषणा गरिएको चुनावै होइन भन्छन्, कोही संसद् पुनःस्थापना हुने सम्भावना बढी छ, त्यस अवस्थामा चुनाव न सुनाव भनिरहेका छन् । कन्टिर–बाबूले ओल्बावाला चुनावको होइन, पत्रकारवाला चुनावको कुरा गरिरहेका हुन् ।

    ओल्बावाला चुनाव अनिश्चित भए पनि नेपाल पत्रकार महासङ्घको २६ महाधिवेश सकिए भर्खरै सकिएकाले पत्रकारवाला चुनाव महासङ्घ स्थापना दिवस अर्थात् चैत १६ गतेको सेरोफेरोमा हुने निश्चितै छ । सर्वोच्चको फैसलापछि कथम्कदाचित राजनीतिक हुदङ्गड सुरु भयो भने कुरा बेग्लै हो, अन्यथा चैतमा पत्रकारवाला चुनाव हुने कुरालाई इन्द्रेका बुबा चन्द्रे आए पनि टार्नसक्ने छैनन् भन्नेमा कन्टिर–बाबू निश्चिन्त छन् ।

    त्यसैले महासङ्घको जिल्ला, प्रदेश र केन्द्र तहसम्मका लागि विभिन्न पदका आकाङ्क्षीहरूको सक्रियता अहिले निकै बढेको कन्टिर–बाबूले अनुभव गरेका छन् । नचाहँदा नचाहँदै पनि कन्टिर–बाबूको प्रत्यक्ष–अप्रत्यक्ष भेट यी आकाङ्क्षीसँग भइहाल्छ । जिल्ला–जिल्लाका चोक–चौराहा, गल्ली–गल्लीका होटल रेस्टुरेन्टमा पत्रकारको जमघट हुने गरेको कन्टिर–बाबूले आफ्नै आँखाले देखेका छन् । कतिपय ठाउँमा त उनी पनि आमन्त्रित हुन्छन् । आउन्न भन्न पनि गाह्रो । आखिर उनलाई सबभन्दा बढी काम लाग्ने यिनै समुदायका हुन् ।

    कन्टिर–बाबूलाई अर्को समस्या पनि छ । उनी अहिले फोनमा अत्यधिक व्यस्त रहन थालेका छन् । अब तपाई सोध्नुहोला किन ? अरे यार तिनै चुनावी पत्रकारका कारणले नि ! न बेला हेर्‍या छ, न कुबेला भन्या छ । अर्काको मोबाइलमा घन्टी बजा’को छ, बजा’को छ । मोबाइल फोनमा तारन्तार आउने यस्ता घन्टीका कारण कन्टिर–बाबू हिजोआज बडो तनावमा छन् ।

    घुमाइफिराइ सबैको कुरो एउटै हुन्छ– यसपटक नेतृत्वमा मलाई सघाउनुपरो भन्ने । विचरा कन्टिर–बाबूले तत्काल प्रतिक्रिया दिउन् कसरी ? ‘हुन्छ, ठिकै छ, तपाई अघि बढ्दा बेस हुन्छ, साथीभाइको चाहना पनि त्यस्तै बुझेको छु,’ आदि–इत्यादि सबलाई रेडिमेड कुरो भन्दा–भन्दा र झूठो बोल्दा–बोल्दा कन्टिर–बाबू हैरान छन् ।

    आखिर झुठो बोल्नु र पन्छिनुको पनि एउटा हद हुन्छ नि यार ? प्रेस, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनका कुरा हुँदा हिजो दुलो छिरेका पत्रकारहरू पनि आज सङ्गठनको नेतृत्व गर्ने भनेर अघि–अघि सर्दै छन् । कन्टिरबाबूलाई अहिले अधिकतर यस्तै उम्मेदवार आकाङ्क्षीहरूबाट तारन्तार सहयोगको आग्रह भइरहेको छ । कन्टिर–बाबू तिनलाई प्रत्यक्षतः घोचेर केही भन्दैनन् तर मनमनै प्रश्न गर्छन्– पत्रकारिता भने नगर्ने अनि पत्रकारको नेतृत्व खोज्ने ? कसरी सम्भव छ ?

    साभार : koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, फागुन ०९, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.