×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

प्रजातन्त्र छ, प्रत्याभूति छैन

  •  गोरखा समाचार
  • शनिबार, फागुन ०८, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    प्रजातन्त्र दिवसका दिन कन्टिर–बाबू हातले चिउँडो समाएर घुँडामा कुहिनो अड्याउँदै दिनभर सोचमग्न रहे । उनी लामो समयदेखि एउटा विशेष जिज्ञासाले घेरिएका छन् । त्यही जिज्ञासाको सेरोफेरोमा रहेर उनी प्रजातन्त्र दिवसका दिन थप गम्भीर बनेका हुन् ।

    देशमा कहिले प्रजातन्त्र आयो भनियो, कहिले लोकतन्त्र भनियो, कहिले गणतन्त्र भनियो । त्यतिले नपुगेर अझ के–के तन्त्र थप्ने कुरा गरिँदै छ । तर तन्त्र जे सुकै भनिए पनि तन्त्रमा निहित मन्त्रले भनेअनुसारको काम गरेको देख्न पाइने दिन भने कहिल्यै आएन ।

    राजनीतिक शब्दकोशमा तन्त्रको शब्द परिवर्तन गरे पनि जनताको जीवन स्तरमा के–कति परिवर्तन आयो ? कन्टिर–बाबू जति–जति सोच्छन्, उति–उति उनको दिमाग खराब हुन्छ । नामको मात्र प्रजातन्त्र भएको देख्दा असन्तुष्टि चुलिन्छ ।

    हो, जनता रैतीबाट औपचारिक रूपमा नागरिक बन्ने कुरा निकै महत्त्वपूर्ण हो र यसमा २००७ साल फागुन ७ को दिनले निर्णायक भूमिका निर्वाह गरेको थियो भन्ने कुरामा कन्टिर–बाबूमा कुनै द्विविधा छैन । तर कन्टिर–बाबू गम्भीरं भएर सोच्छन्– अरे यार यस्तो ध्रुवसत्य कुरामा पनि राजनीति ? फागुन सातका बारेमा पनि काङ्ग्रेस, कम्युनिस्टको दृष्टि र संलग्नताका आधारमा विश्लेषण किन ? निकै भइसक्यो, कन्टिर–बाबूले यस प्रश्नको उत्तर खोजेको तर उनले यसको जबाफ त परै जाओस्, भेउसमेत पाउन सकेका छैनन् ।

    कन्टिर–बाबूको स्पष्ट मत छ, अहिले भन्ने गरिएको लोकतन्त्र, गणतन्त्र आदि–इत्यादि सबै तन्त्रको आधारभूमि भनेको त्यही सात साले प्रजातन्त्र हो । प्रजातन्त्रले आफैँले आफैँलाई निरन्तर सच्याउँछ, प्रभावकारी र विकसित बनाउँछ । त्यसैले, यो कुरा सबैले बुझ्नु जरुरी छ कि सात साले प्रजातन्त्रले आफूलाई विकसित गर्दै आजको गणतन्त्रको अवस्थासम्म ल्याइपुर्‍याएको हो ।

    एउटा कुरा घामजत्तिकै छर्लङ्ङ छ, नेपाली प्रजातन्त्र वा लोकतन्त्रले लामो अवधिका लागि कुनै प्रकारको प्रतिगमनलाई अस्वीकार गर्छ । कसैले पनि फुर्ती लाउनु जरुरी छैन ।

    कन्टिर–बाबू भन्छन्– हिजो राणाजी, शाहजी, अरूजीहरूको कालखण्ड नेपालीले भोगेकै हुन् । आज ओल्बाजीहरूको समयको मूल्याङ्कन भइरहेको छ । मूल प्रश्न जनताको अधिकार, स्तन्त्रता र सुशासनसँग सम्बन्धित छ । यसविरुद्ध जाने सबै सिद्धिन्छन्, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आदि जुनसुकै आवरणमा छोपिन खोजे पनि ।

    साँचो अर्थमा प्रजातन्त्र स्थापनाका लागि हाँसी–हाँसी जीवन समर्पण गर्ने सबैप्रति कन्टिर–बाबूको विशेष सम्मान र नमन छ ।

    साभार : koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शनिबार, फागुन ०८, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.