×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

थाहै नदिई विचित्रको बेदखली

  •  गोरखा समाचार
  • शुक्रबार, फागुन ०७, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    पत्रकारहरूको २६औँ महाधिवेशन भएको थाहा पाउनुभयो ? मर्निङ वाकका क्रममा भेटिएका एक जना छिमेकी शुभेच्छुक मित्रले सोध्दा कन्टिर–बाबू झसङ्ग भए ।

    ती छिमेकीका अनुसार फागुन ५ गते काठमाडौँमा ‘प्रेस स्वतन्त्रताको आधार, सुरक्षित र व्यावसायिक पत्रकार’ भन्ने नाराका साथ नेपाल पत्रकार महासङ्घको महाधिवेशन सकिएछ तर कन्टिर–बाबूलाई थाहै भएन ।

    अनि अध्यक्षचाहिँ को भएछ त ? महाधिवेशन भनिसकेपछि चुनावको रामरमिता पनि सँगसँगै देखेका कन्टिर–बाबूले सोध्दा ती छिमेकीले पत्रकारहरूको चुनाव त ‘मुल्तबीे’ राखिएकोे जानकारी दिए । उनले अहिले अधिवेशनमात्रै गरेको रे, चुनावचाहिँ पछि गर्ने रे भनेर पनि सुनाए ।

    त्यस बेलादेखि अहिलेसम्म कन्टिर–बाबू चस्माको बिट मिलाउँदै सोचिरहेछन्– यस्तो पनि हुन्छ ? चुनाव गर्ने कहिले–कहिले, अधिवेशन गर्ने अहिले ? यो अधिवेशन हो कि साधारणसभा ? यदि यो अधिवेशन हो भने साधारणसभाजस्तो किन गरियो ? यदि यो साधारणसभा हो भने अधिवेशन किन भनियो ?

    कन्टिर–बाबूको जानकारीमा रहेअनुसार जिल्ला–जिल्लाको अधिवेशन भएर महासङ्घको नयाँ जनमत त आउनै बाँकी छ । यस्तोमा शाखामा फ्रेस नेतृत्व नआई अर्थात् ताजा जनमत अद्यावधिक नगरी केन्द्रीय अधिवेशन गर्ने सोच पत्रकारहरूमा कसरी आयो ? कन्टिर–बाबूले त्यो पनि बुझ्न बाँकी छ ।

    फेरि कन्टिर–बाबूले नजिकबाट चिनेका दुई–चार जना केन्द्रीय पार्षद् छन् । पेट्रोलको भाउ इतिहासमै पहिलोपल्ट महिनामा तीनचोटि बढेर बजार हरियाली भएका बेला हामीलाई भने रातो घेरा लगाइदिए, हाम्रो त भाउ ह्वात्तै घटाइदिए भनेर वर्तमान नेतृत्वप्रति व्यापक गुनासो गरे तिनले ।

    गुनासो गर्ने पार्षद्का अनुसार अधिवेशन घोषणा भएपछि कम्तीमा एक महिनाअघिदेखि नै पार्षद्हरूको डाक बढाबढ सुरु हुन्थ्यो । नमस्कार, जी–हजुर त कति हो कति ! अधिवेशन हुनु एकदिनअघि रात्रिकालीन भेटघाट र रमझमको आनन्द उल्लेख गर्नलायक हुन्थ्यो । सङ्गठन र कर्पोरेट हाउसआबद्धहरूको छ्ट्टाछुट्टै बैठकका नाममा निद्रा हराम भए पनि मजै हुन्थ्यो ।

    जिल्लाबाट महाधिवेशस्थल नपुन्जेल र भोट नहालुन्जेल मजै–मजा भएको कन्टिर–बाबूलाई पनि राम्ररी थाहा छ । त्यो मजामा प्रत्येक शाखाका दुई–तीन जना पर्यवेक्षक पनि साथै हुन्थे । तर यसपटक सब गोलमाल भो । केन्द्रीय पार्षद्हरूले त समाचार पढेरमात्र महाधिवेशनबारे थाहा पाए भने विचरा पर्यवेक्षकहरूको के कुरा गर्नु ?

    त्यसो त कन्टिर–बाबू आफू अधिवेशनका नाममा हुने फजुल खर्च र तडकभडकका सख्त विरोधी हुन् । तर पनि मित्रहरूले गुनासो गरेको सुन्दा उनलाई लाग्यो– आखिर अनेक–खण्ड गरेर जितेका पार्षद् थिए । पार्षद् भनिसके पछि मानकै खातिर भए पनि एक पटक महासङ्घ नेतृत्वले सोधीखोधी चाहिँ गर्नुपर्ने थियो । कम से कम एउटा मेलसम्म पठाउन त सकिन्थ्यो नै होला !

    अब त जिल्ला–जिल्लामै टोकरी राखेर चुनाव हुने रे ! सबै साधारण सदस्यले घरकै खाना खाएर आएर भोट हाल्नुपर्ने रे ! कन्टिर–बाबूलाई लागिरहेको छ– यो पनि एउटा गजबै फरक अनुभव हुने भो पत्रकार महासङ्घको ६६ बर्से इतिहासमा । यसरी इतिहास निर्माणको यो चरणमा त्यसै–त्यसै बेदखलीमा परेका सबै पार्षद्–शुभेच्छुक मित्रहरूलाई कन्टि–बाबूको विशेष सहानुभूति छ ।

    साभार : koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, फागुन ०७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.