×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

शरीर समर्पण पदावलीसामु महिला अस्मिताको प्रश्न

  •  गोरखा समाचार
  • सोमबार, फागुन ०३, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    बाँच्नुमात्र पर्छ, जगतमा अनेक देख्न, भोग्न र सुन्न पाइन्छ । कहिलेकाहीँ त कन्टिर–बाबू, अहिलेसम्म बाँचेर अनेक विचित्र कुराको साक्षी भएकोमा, आफैँलाई बधाई दिन्छन् ।

    कन्टिर–बाबू बेला–बेला आफूले आफैँलाई बधाई दिन्छन् र सहजै स्वीकार्छन् पनि । तर यस्ता अमिल्दा अनेक कुरा स्वीकार्न सक्ने कन्टिर–बाबू व्यभिचार भने कुनै हालतमा स्वीकाकार गर्न सक्दैनन् । सामाजिक, शारीरिक, कानुनी वा जुनसुकै प्रकृतिको व्यभिचार किन नहोस् कन्टिर–बाबू हरेक व्यभिचारीविरुद्ध मोर्चा कस्छन् । व्यभिचारी चाहे बाबा हुन् चाहे बाबी ? तिनका नाम सिद्ध हुन्, असिद्ध हुन् कि गिद्ध हुन् ? कन्टिर–बाबूको बोलीको तीर व्यभिचारीविरुद्ध रुक्नेवाला छैन ।

    नेपालमा बलात्कारआरोपी एक जना बाबाजी खुब चर्चित छन् । ‘नानु, तिमी भन्छ्यौ भने मेरो फलानो अङ्ग काटेर तिम्रासामु राखिदिन्छु तर एकपल्ट मलाई माफी देऊ,’ भनेर ती बाबाले स्वीकार गरेको खबर पनि निकै चर्चित भएको थियो ।

    न्यायाधीशहरूका अनुसार बलात्कार भनिए पनि बाबाले महिलालाई बलात्कार गरेका होइनन् ‘ नाना चमत्कारबाट वशीभूत भएर एउटी भक्तिनीले गरेको ‘शरीर समर्पण’ बाबाले प्रसाद मानेर ग्रहण गरेका मात्र हुन् !

    अदालतको फैसला र न्यायाधीशमा रहेको अनुरागसम्बन्धी विशिष्ट ज्ञानका बारेमा कन्टिर–बाबूको खासै टिप्पणी छैन तर उनलाई यो ‘शरीर समर्पण’वाला पदावली र त्यसमा निहित मनोविज्ञान भने बहुत डेन्जरस लागिरहेको छ ।

    कन्टिर–बाबूलाई लागेको पहिलो कुरा धर्म, पैसा, हतियार वा अहित गरिदिने डरको प्रभावमा पारेर कसैले पनि यौन शोषण गर्न पाउँदैन । यसमा संलग्नहरू कानुनी रूपमा दण्डभागी हुन्छन् । यौन अपराधीलाई ससम्मान छुटकारा दिन वा सम्झौतामा मुद्दा टुङ्ग्याउन मिल्दैन ।

    कन्टिर–बाबूलाई लागेको दोस्रो कुरा ‘शरीर समर्पण लेनदेन’वाला भद्दा मजाक गर्ने ती कथित बाबा सामाजिक र धार्मिक अपराधी हुन् । हिन्दू सनातनी समाजले यिनलाई माफी–मिनाहा दिएर, दूधले नुहाएर, सुनपानी–गङ्गाजल छर्केर फेरि पुरानै आसनमा विराजमान गराउनुहुँदैन ।

    यदि कोही पिपाशुलाई सिद्ध मानेर हामीले प्रणाम गरयौँ, खुट्टा ढोग्यौँ भने के हुन्छ ? कन्टिर–बाबूको मनमा यतिबेला यस्तै प्रश्न उठिरहेको छ । यसले हाम्रा छोरी–चेलीको अस्मिताको अपमान हुन्छ, नुर गिराउँछ अनि आफ्नै चेलीबेटीको नजरमा सनातनी समाज थप घृणित हुन्छ भन्ने कन्टिर–बाबूलाई लागिरहेको छ ।

    कन्टिर–बाबू नाकमा चस्मा मिलाउँदै सोचिरहेका छन्, धर्मको आडमा हुर्किएका भारतीय पिपासुहरू आशाराम, रामरहिम आदिको कर्तुत त सबैलाई थाहा छ । उनीहरू पनि आफूलाई सिद्ध नै भन्थे तर गिद्ध भएर निस्किए । सीमा पारिका हुन् या वारिका, उही ड्याङका मूलाहरू सनातनी समाजको भान्सामा ग्राह्य हुनै सक्दैनन् ।

    कन्टिर–बाबूको मत छ, अदालतका मूर्तिहरू परम शक्तिको आडमा प्रभावित हुन पनि सक्छन् । तर धर्म र न्यायका पक्षपातीहरू गलत नजिरहरूबाट प्रभावित हुनुहुँदैन । धर्म, पैसा, राज्य–शक्ति र कानुनी छिद्रको आडमा कोही यौन अपराधी उम्किन नसकुन् । तब न सभ्य समाज, तब न कानुनी राज्य !

    कन्टिर–बाबूलाई शरीर समर्पणको फैसला र मनोविज्ञान दुवै अस्वाभाविक र खतरनाक लागिरहेका छन् । शरीर समर्पण पदावली कतै बलात्कारको नयाँ परिभाषा र नाजायज नजिर नबनोस् । बाँकी सोच–विचार गर्ने जिम्मा हिन्दु सनातनी समाजकै ।

    साभार : koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, फागुन ०३, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.