×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

प्रतिकूल बेलामा आम आत्महत्याको उक्साहट

  •  गोरखा समाचार
  • आइतबार, फागुन ०२, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अहिले गाउँ, नगर, टोल, गल्ली, हाट–बजार, चोक–चौराहा जताततै मानिसको खुलेआम भिड देख्दा कन्टिर–बाबू दङ्गदास छन् । अझै खुला आमसभा र विरोध प्रदर्शनको त कुरै बुझी नसक्नु छ, सङ्ख्या गनी नसक्नु छ । त्यसमा पनि सडकमा मानिस उतार्ने दलीय प्रतिस्पर्धा– बाप रे बाप !

    कन्टिर–बाबू दाहिने हातले चस्माको डन्डी मिलाउँदै सोचमग्न छन् । उनी प्रश्न गर्छन्– आखिर यस्तो अनुत्पादक प्रतिस्पर्धा र भिडमा मानिस कसरी निर्धक्क सहभागी हुन सकेका हुन् ? के कोरोना सङ्क्रमणको त्रास सकिएकै हो ? जन–स्वास्थ्यजस्तो गम्भीर विषयमा सरकार किन जिम्मेबार बन्न चाहिरहेको छैन ?

    के सबैले कोरोनाविरुद्धको खोप लगाइसके ? खोप नै लगाए पनि त्यसको प्रभावकारिता कति छ ? कि भेलामा सहभागी सबैले बेसार पानी खाएर आएका हुन् ? यदि खाएका हुन्थे भने बजारमा बेसारको भाउ छुनै नसकिने गरी आकासिनुपर्थ्यो । सडकमा आउने मान्छेहरूको सङ्ख्या यति छ कि बेसार आयात गरे पनि माग कम हुने देखिन्न ।

    बेलायत, अफ्रिका, जापानलगायत देशमा देखापरेको नयाँ प्रजातिको कोरोना भाइरस सङ्क्रमण दरको गति र हिसाब थाहा छ कि नाइँ सरकारलाई ? फेरि भिडमा देखिएका अधिकतर अनुहार खोप लगाउने सरकारी प्राथमिकतामा नपरेकाहरू भएको कन्टिर–बाबूलाई जानकारी छ ।

    अचम्म त के छ भने, असुरक्षित तरिकाले सडकमा मानिसको हुल उतार्ने प्रतिस्पर्धामा सरकार सबैभन्दा अगाडि देखिएको छ । यही हो जो अगुवा उही बाटो फोहोर गरुवाको असली बिम्ब–चित्र । सरकारले त जनतालाई असुरक्षित तरिकाले सडकमा ननिस्किनुहोला, भिडमा नजानुहोला, भौतिक दूरीकोको नियम पालन गर्नुहोला भनेर भन्नुपर्नेमा उल्टै जनतालाई बढीभन्दा बढी भिड भएर देखाउन उक्साउँछ सरकार, त्यसैको कपि–पेस्ट गर्छन् दलहरू । के यो प्रतिकूल बेलामा आम आत्महत्याका लागि भएको उक्साहट होइन ?

    कोभिडको रोकथामका लागि जारी गरिएको हेल्थ प्रोटोकलमा २५ जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुन नपाउने उल्लेख छ । यो नियम सरकारले कहिले खारेज गरेछ ? कन्टिर–बाबूले थाहा पाएका छैनन् । कसैलाई यसबारे जानकारी छ भने कन्टिर–बाबूलाई जानकारी दिउँ है !

    साभार : koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, फागुन ०२, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.