×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

मिथकीय राजाको आसन्न हबिगत

  •  गोरखा समाचार
  • आइतबार, फागुन ०२, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    ओल्बाको पक्षमा प्रस्तुत गरिने तर्क सुनेर कन्टिर–बाबू हैरान छन् । ओल्बाको गुणगान गाउनेले अनेक फुर्का जोडेर ख्वामितको भक्ति गर्न कति सकेका ? फोहोर गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तो ।

    बहसका क्रममा एक जना वकिलले बकेछन् ‘ प्रधानमन्त्री ओलीसँग श्रीपेच पो छैन, राजकीय शक्तिमा उहाँ राजाभन्दा कम हो र ?

    ती वकिलले के सोचेर, के गुनेर यस्तो भने त्यो त कन्टिर–बाबूलाई थाहा छैन । तर रामोराम ख्वामित भक्ति–भजनको योभन्दा निकृष्ट उदाहरण र शब्दावली पाउन दुर्लभ छ गणतान्त्रिक नेपालमा ।

    ख्वामितको चाकडी सबैलाई उछिनेर बजाउने ती वकिलको टिप्पणी राणाकालका हुक्के, ढोके, पछुवाहरूले तत्कालीन प्रधानमन्त्रीलाई गर्ने प्रशस्तिभन्दा दुई इन्च बढी नै रहेको कन्टिर–बाबूको ठहर छ ।

    यसको सोझै अर्थ भयो कि हाम्रा ओल्बा राणाकालीन, पञ्चायतकालीन राजा–महाराजाजस्तै शक्तिशाली छन् । उनी संविधानभन्दा माथि छन्, उनलाई कुनै कानुनले छेक्दैन ।

    कन्टिर–बाबूलाई लाग्छ, राजनीतिक भाषामा भन्दा ओल्बालाई राजासँग तुलना गर्नु चाकडी ठानिएला तर कानुनी रूपमा सार्वजनिक फौजदारी अपराध हो । तर कन्टिर–बाबूले अपराध ठानेर के गर्नु जब ख्वामितहरूलाई त्यही मन परिरहेको छ भने ।

    निरङ्कुश शासकलाई चाकडी र गुणगान कति मन परेको ? यो प्रसङ्गमा कन्टिर–बाबू समाजमा प्रचलित एउटा कथा सम्झिन्छन् । एकादेशमा एक जना राजा चाकडीबाजहरूको कुरा सुनेर आफूले सुन्दर वस्त्र धारण गरेको छु भन्नेमा विश्वस्त भएछन् ।

    उनी त्यही भ्रमयुक्त विश्वास बोकेर सहरमा नाङ्गै हिँड्न थालेछन् । बाटोमा भेटिने जतिलाई आफ्नो वस्त्र कस्तो छ भनेर सोध्थे । सुरुमा देख्नेले उनलाई नाङ्गै देखे र भने– महाराज हजुरको शरीरमा वस्त्र नै छैन । जब यस्तो अनपेक्षित उत्तर सुने राजाले ती व्यक्तिलाई तत्काल मृत्युदण्ड दिए ।

    यो कुरा खरमा आगोजस्तो चारैतिर फैलियो । राजा सठियाएछन्, वास्तविक उत्तर सुन्न चाहँदैनन्, सही कुरा गर्नेलाई मृत्युदण्ड दिन्छन् भन्ने खबर फैलिएपछि जनता सचेत भए, जीवन बचाउन झुठो बोल्न थाले ।

    उप्रान्त राजाले आफ्नो वस्त्रबारे सोध्दा जनताले ‘आहा कस्तो राम्रो वस्त्र !’ भन्न थाले । कथित वस्त्रको प्रशंसा गर्नेलाई राजा पुरस्कृत पनि गर्थे । यसो गर्दागर्दै राजाले आफ्नो कथित सुन्दर वस्त्र जनतालाई देखाउन राज्यभर नाङ्गै डुले ।

    यतिबेला हामीकहाँ रूप फरक होला तर प्रवृत्तिमा उही नियति हुबहु प्रदर्शित भइरहेको छ । कन्टिर–बाबूलाई लागिरहेको छ– पुरस्कार, आभूषण, पद, नियुक्ति आदिको लोभमा केही व्यक्ति सत्य बोलिरहेका छैनन् । जो बोल्छन्, ती दण्डित भइरहेका छन् ।

    तर कन्टिर–बाबू ओल्बाको हबिगत मिथक कथाको राजाजस्तो नहोस् भनेर लगातार सत्य भन्ने आँट गरिरहेका छन् । उनी परिणामको प्रतीक्षामा छन्, हेरौँ के हुन्छ ?

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, फागुन ०२, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.