×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फ्रीवाला मौकामा आआफ्नै हचुवा दाबी

  •  गोरखा समाचार
  • शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कति हाँस्नु ! कन्टिर–बाबू राजधानी खाल्डोमा दैनिकजसो हुने प्रहसन हेरेर परेसान छन् । कोही भन्छन् यो नाटक हो, कोही भन्छन् यो नौटङ्की हो, वास्तव यो हो चाहिँ के ? कन्टिर–बाबूले सुरुदेखिको पृष्ठभूमिको भेउ पाउन सकेका छैनन् ।

    कहिले उसलाई बोकेका छन्, कहिले कसलाई पछारेका छन् । कहिले कसलाई लछारेका छ, कहिले कसलाई हकारेका छ । तर जे गरे पनि सार्वजनिक रूपमा जग हँसाउने क्रियाकलापचाहिँ भाइरल भइरहेको छ । यसरी हँसाउने जोकरहरूको सङ्ख्या दिन–प्रतिदिन बढ्दै गएपछि मान्छेले मनले नचाहे पनि मुखले हाँस्नु त पर्‍यो !

    तर फेरि सवाल उही ठाउँमा छ कि हाँस्नु त कति दिन हाँस्नु ? कन्टिर–बाबूमा हाँस्दा–हाँस्दै हुरुक्क हुन बेर छैन । अरे यार, सधैँको नारा–जुलुस अनि सडक प्रदर्शन । सबै कुराको कुनै न कुनै हद हुन्छ नि यार !

    हुँदा–हुँदा बोलेको अभियोगमा कसैलाई सर्वोच्चमा ठिङ्ग्याएको छ, कसैलाई हनुमानढोका लगेर गुमुर्क्याएको छ । बिनाकाम मान्छेलाई दुःख दिएर गरिने दिनहुँका प्रहसन प्रदर्शनको पटकथा–लेखकलाई कन्टिर–बाबूको सल्लाह छ– फोटोमा देखिए जति सबै जनता झप्रम वा ओल्बाका पियोर समर्थकहरू हुन् भनेर चाहिँ कृपया नलेखिदिनुहोला ।

    सोले फिलिममा असरानीले दिएको डाइलगजस्तो आधा पशुपति दर्शन गर्न, आधा खाल्डो डुल्न र बाँकी छिमेकीले भनिहाले, मर्दापर्दा काम लाग्ने उनै हुन्, जे परोस् जान्छु भनेर आएकाहरू हुन् ।

    यस्तोमा प्रदर्शनकारी सबैले जनता जति आफ्नै पक्षमा भएको दाबी गरेको कन्टिर–बाबूलाई चित्त बुझेको छैन । सबै दल र नेताका प्रदर्शनमा जनताको बाक्लै उपस्थिति देखिन्छ । कन्टिर–बाबू माथामा बामा हात राखेर सोचिरहेछन्– सिद्धान्त बुझेर, कारण बुझेर, कुरोको चुरो समातेर होइन, त्यसै फ्रीवाला मौका छोपेर पशुपति दर्शन सिद्राको व्यापार गर्न आएका जनता आखिर कसका पक्षमा छन् ?

    ओल्बाको सभामा अढाई लाख थिए रे ! झप्रमको प्रत्युत्तरमा तीन लाख आए रे ! यस्तो हचुवा दाबी गर्ने आधार के हो ? गन्ने को हो ? दुई लाख मान्छे कटे भने भिड टुँडिखेल वरपरको वा नारायणहिटी सेरोफेरोको सडकले धान्छ ?

    यता जनतालाई पनि के भन्नु ? गणेशमानसिंहले भने जस्तो भेडो भनौँ भने मान्छे रिसाउलान् । नभनौँ भने कोरोना महामारी जारी रहेको यो बेला अरू काम छोडेर, सुरक्षाका उपाय नअपनाई घण्टौँ भिडमा बस्नेहरूलाई के भन्ने ? कन्टिर–बाबू कुनै उपयुक्त शब्दको खोजीमा छन् ।

    सडक प्रहसनमा सहभागी जनतालाई सायद अहिले फुर्सदै–फुर्सद छ, त्यही भएर उनीहरू लगे रहो, भिडे रहो झुनझुना भाइ भने जस्तो गरिरहेका छन् । यस्तोमा कन्टिर–बाबू विचार गरिरहेका छन्– कोरोना सङ्क्रमण जारी रहेको उत्कर्ष बेलामा गामबाट काम छोडेर फ्रीवाला पशुपति दर्शन गर्न आइपुगेका जनता खाल्डोबाट फर्किँदा के–के सनेस लिएर घर जाने हुन् ?

    साभार : koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.