काठमाण्डौं – नवगायक आकाश मगरले आफ्नो डेब्यु गीत ‘ओ माई लर्ड’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । यस गीतमा उनलाई गायिका एलिना चौहानले स्वरमा साथ दिएकी छिन् ।
अस्ट्रेलियामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक आकाश मगरले नै यस गीतलाई संगीतवद्द गरेका हुन् । प्रेमिल शैलीको यस गीतलाई गायक मगर र दिपक पाठकले मिलेर लेखेका हुन् । गीतमा लिल रक लुकको संगीत संयोजन रहेको छ ।
युवा युवती बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र जिवेश सिंह गुरुङ फिचर्ड छन् । रुपेश थापाले छायांकन गरेको यस भिडियोलाई सियोन श्रेष्ठले कोरियोग्राफी गरेका हुन् ।
बिजेश पौडेलले भिडियोलाई सम्पादन गरेका हुन् । जिवेश सिंह गुरुङको परिकल्पना र निर्देशनमा भिडियो तयार पारिएको हो । कलेजेज नेपालको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।




















