कोरोनाको कहरका कारण अचेल सबै फिल्म हल बन्द छन् । युट्युवलगायत प्लेटफर्मबाट दर्शकले फिल्म त हेर्न पाएका छन् । यस्ता प्लेटफर्ममा छिटो छिटो नयाँ फिल्म उपलब्ध नहुने भएकोले पुरानै फिल्म हेर्नुपर्ने बाध्यता छ ।
दर्शकको छानेर नयाँ फिल्म हेर्न चाहनालाई मध्यनजर गर्दै ‘दामी’ एपले अबदेखि विभिन्न फिल्म एप मार्फत उपलब्ध गराउने भएको छ । जसको सुरुवात एकसाथ ४ फिल्मबाट गर्दैछ ।
फिल्म हुन् घामड शेरे, सेल्फी किङ, हजार जुनीसम्म र ‘शुभ लभ’ । लकडाउन अगाडि मात्र प्रदर्शनमा आएका यी फिल्म ‘दामी’ले शुक्रबारबाट एपमार्फत हेर्न मिल्ने गरेर उपलब्ध गराउन लागेको हो ।
यस अगाडि म्युजिकहरु उपलब्ध गराउदै आएको यो एपले अवदेखि फिल्म पनि उपलब्ध गराउन लागेको हो । रोशन श्रेष्ठ र सुदीप पोखरेललगायतको टिमले मिलेर बनाएको यो एपबाट अवदेखि दर्शकले नयाँ नयाँ फिल्म हेर्न पाउनेछन् ।
दामीबाट अवदेखि युट्युवमा नआएका फिल्महरु हेर्न सकिने सञ्चालक मध्यका एक सुदीप पोखरेलले बताए । ‘दामी एप एन्ड्रोइड र आइओएस दुबैमा उपलब्ध छ’ पाखरेलले भने हलमा हेरे जस्तै आफुले चाहेको फिल्म छानेर हेर्न सकिन्छ ।
फिल्म हेर्नका लागि इसेवा, एनसेल लगायत जुनै पनि डिजिटल पेमार्फत पैसा तिर्न सकिने पोखरेलको भनाइ रहेको छ । ‘सुरुवातको चरणमा ४ फिल्म ल्याएका छौ । बिस्तार बिस्तार सबै नयाँ फिल्म एपमा पाउन सकिनेछ’ पोखरेलले थपे ।


