×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

हिंसाका विरुद्ध आफैसँग कहिलेसम्म लडिरहने ?

  •  
  • बिहिबार, साउन २२, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गायिका ज्योती मगरका गीत सुन्दा, उनको स्टेज कार्यक्रमको प्रस्तुती हेर्दा कतिपयलाई तडकभडक लाग्छ भने कतिपयले उच्छृङ्खल भनेर मुल्यांकन गर्छन् । ज्योतीले करिअरको सुरुवातदेखि आफूलाई हट गायिकाको रुपमा परिचित पनि गराएकी छिन् । उनका गीतमा प्रयोग हुने कतिपय शब्द त व्यक्त गर्न नसकिने खालका पनि छन् ।

    उनै, गायिका विगत ५–६ बर्षदेखि मनमा पीडा लिएर हिडिरहेकी छिन् । अनलाइनखबरसँगको कुराकानीका क्रममा ज्योतीले मनको पीडा खोल्ने कोशिश गरिन् ।

    बलिउड नायक सुशान्त सिंह राजपुतको आत्महत्यालाई जोड्दै ज्योती भन्छिन्–‘जिउँदो हुँदा साथ दिने यहाँ कोही छैन । मान्छेले आफू भित्रको समस्या आफै समाधान गर्न सक्यो भने उ बाँच्छ, होइन भने आत्महत्या गर्छ । मनका कुराहरु बाहिर सार्वजनिक गर्दा सामाजिक संजालमा होहल्ला मात्र हुन्छ । यहाँ हरेक मानिस न्याधिस हुन्छन्, समस्याको समाधान हुनु भन्दा पनि जटिल परिणाम आइरहेका छन् ।’

    ज्योतीले २१ औं शताब्दी भनेपनि महिलाहरु पीडित हुने क्रम नरोकिएको बताइन् । भनिन्–‘हाम्रै म्यूजिक क्षेत्रमा पनि कैयौं महिलाहरु पीडित छन् । तर, उनीहरु यो कुरा भन्ने हिम्मत नै गर्दैनन् । शताब्दी २१ औं भएपनि महिलाहरुलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन भएको छैन । यो लडाई आफै लड्ने हो, जसले आफूलाई जित्छ उही नै बाँच्छ ।’

    ज्योती लामो समयदेखि आफू घरेलु, यौन हिंसाबाट पीडित भएको सुनाउँछिन् । तर, कानुनी सहारा लिदा झनै सामाजिक रुपमा यातना मिल्ने भएकाले यसलाई सुनाउन नसकेको उनको तर्क छ । ज्योतीले अहिले आफूले यो लडाई आफैसँग लडिरहेको सुनाइन् । पीडा दिने व्यक्तिसँग उनी लड्न सकिरहेकी छैनन् ।

    ज्योती आफू आफ्नै नजिकका मानिसहरुबाट पीडित भएको बताउँछिन् । कतिपय त मिडिया क्षेत्रको मानिसहरु पनि भएको उनको भनाई छ ।

    ज्योतीले भनिन्–‘मलाई सबैभन्दा बढी पीडा त्यतिबेला हुन्छ, जतिबेला मलाई नै पीडित बनाएको पुरुषले आफ्नै आँखा अगाडि अरु यूवतीलाई पनि पीडित बनाउँछ । म उनीहरुका लागि पनि केही बोल्न सक्दिनँ ।’

    स्टेज कार्यक्रमका लागि विभिन्न स्थानमा पुग्दा आयोजकदेखि विभिन्न व्यक्तिहरुले गर्ने गरेको विभिन्न खालका हिंसा समेत भोगेकी ज्योतीले भावूक हुँदै अनलाइनखबरसँग भनिन्–‘एक पटक आयोजकले मलाई १ घन्टा गीत गाएको ८० हजार दिनुभयो । तर, होटलसम्म मलाई छाड्न आउँदा ‘रात बिताएको रेट’ सोध्नुभयो । यस्ता घटनाहरुले बारम्बार आँखाबाट आँशु बग्छ । तर, कसलाई भन्ने, मसँग प्रश्न छ, जवाफ छैन ।’

    उनले, आफ्नै नजिकका मानिसहरुबाट धेरै पटक कुटाई खाएको पनि सुनाइन् । नायिका शिल्पा पोखरेलको कानको जाली फुटेको घटना संझिदै ज्योती भन्छिन्–‘त्यो घटना बाहिर आउँदा सबैभन्दा बढी दुख मलाई लागेको थियो । किनकी, मेरो पनि कसैको पिटाइबाट कानको जाली फुटेको थियो ।’

    यस्ता कुराहरु मनमा लिएर हिडिरहँदा करिअरमा ठूलो असर गरेको ज्योती बताउँछिन् । ‘एकपटक गीत रेकडिङका लागि स्टूडियोमा प्रवेश गर्दा गाउन नसकेर निस्किएकी छु । ममा भएको इनर्जीमा त कमी आएको छैन । तर, समयमा गर्नुपर्ने काम मैले गर्न सकिरहेकी छैन ।’

    ज्योतीले अझै पनि महिला कलाकारलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन नभएको दुखेसो व्यक्त गरिन् । विगत ५–६ बर्षदेखि राम्रोसँग ननिदाएकी ज्योतीको मनमा पीडाको थुप्रो छ । तर, यसलाई चिर्ने कसरी उनीसँग कुनै आइडिया छैन । मात्र, ज्योती आफैसँग लडिरहेकी छिन् । तर, कहिलेसम्म ? जवाफ उनीसँग पनि छैन ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, साउन २२, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.