फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले १६ वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी छन् । पूर्वफुटबलर मार्कुस राएकोनेनसँग ३४ वर्षीया मरिनको विवाह सम्पन्न भएको हो ।
कोरोनाभाइरस महामारीको त्रासका कारण सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो । जहाँ ४० जना मात्रै पाहुना भएको स्थानीय मिडियाले जनाएका छन् ।
मरिन र मर्कुस् सँगै बस्दैआए पनि विवाह भने यही १ अगस्टमा सम्पन्न भएको हो । मरिन र मर्कुस्को साथमा २ वर्षीया एक छोरी, एमा अमालिया मरिन समेत छिन् ।
गत डिसेम्बरमा फिनल्याण्डको प्रधानमन्त्री पदमा चुनिएको बेला मरिन विश्वकै कम उमेरकी प्रधानमन्त्री बनेकी थिइन् । मरिनले आफ्नो मन्त्रिमण्डलमा वहुमत मन्त्रालय महिलाको जिम्मामा दिएकी छन् ।


