×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

किन निर्माताले समयमा पैसा पाउँदैनन् ?

  •  
  • आइतबार, साउन १८, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    निर्माता रोहित अधिकारीले आफूले २ करोड हारहारीको रकम वितरकबाट चलचित्र रिलिज भएको १ बर्ष हुँदासम्म पनि नपाएको भन्दै गुनासो गरे । एफडी कम्पनी र काठमाण्डौ भित्रका केही हलबाट निर्माताले रकम नपाएपछि यसले सामाजिक संजाल र मिडिया तताइरहेको छ ।

    चलचित्र चलेको १० महिना वितिसक्दा पनि निर्माताले आफ्नो शेयर रकम नपाउनु आफैमा दुखको कुरा हो । वितरक कम्पनी एफडीले रकम दिन बाँकी रहेको स्विकार गर्दै कोभिडका कारण यस्तो समस्या उत्पन्न भएको जवाफ दिएको थियो ।

    सामाजिक संजाल हेर्ने हो भने, निर्माता रोहित अधिकारी र हल संचालक गोपालकाजी कायस्थविच पनि वाकयुद्ध चर्किरहेको छ । गोपालले ७० हजार रुपैयाँ दिन बाँकी रहेको रोहितले बताइरहँदा गोपालकाजीले भने एक रुपैयाँ पनि दिन बाँकी नरहेको उल्लेख गरेका छन् ।

    उसो त, नेपाली चलचित्रका निर्माताले शेयर रकम समयमा नपाएको यो पहिलो घटना होइन । प्राय हरेक चलचित्रका निर्माता यो समस्याबाट आजित छन् । तर, पनि नगद कारोबार हुने चलचित्रबाट उनीहरुले समयमा पैसा पाएका छैनन् ।

    चलचित्र ‘ए मेरो हजुर ३’ले बक्स अफिसमा बम्पर व्यापार गर्यो । तर, यसका निर्माताले आफ्नो शेयर रकम उठाउन एक बर्ष कुर्नुपर्यो । निर्माता सुनिलकुमार थापा भन्छन्–‘मैले आफ्नो हिसाब वितरकसँग लकडाउन अगाडि मात्र पूर्ण रुपमा पाएको छु ।

    वितरकले अझै पनि केही हलबाट पैसा नपाएको गुनासो गरेका थिए । ३ महिना भित्र रकम दिने सहमती निर्मातासँग भएपनि चलचित्र चलेको एक महिनासम्म त हिसाब पनि पूर्ण रुपमा पाइदैन । तर, मैले ‘ए मेरो हजुर २’को शेयर ४ महिनामा नै पाएको थिएँ ।’

    केही समय अगाडि चलचित्र ‘ए मेरो हजुर ३’ले राम्रो कमाई गरेपछि ‘छक्का पन्जा ३’को शेयर रकम अब उठ्ने भयो भनेर दिपकराज गिरीले खुशी व्यक्त गरेका थिए । एउटा हिट चलचित्रको रकम पाउनका लागि निर्माताले अर्को हिट चलचित्र कुर्नुपर्ने वाध्यता चलचित्र क्षेत्रमा व्याप्त छ ।

    चलचित्रको शेयर निर्माताले समयमा नपाउनुको कारण वितरक र हल संचालकले एकले अर्कोलाई देखाउँदै आएका छन् । एक वितरकले नाम नबताउने शर्तमा भन्छन्–‘हलले विभिन्न बहाना देखाएर पैसा नै दिदैनन् । खै, चलचित्रको कारोबार नगदमा भएपनि हललाई पैसा दिन किन समय लाग्छ ? बैंकमा केही समय राख्दा पनि ब्याज आउँछ भनेर हो कि ?’

    निर्माताले समयमा रकम नपाउनुमा वितरकको पनि कमजोरी देखिन्छ । हल संचालकसँग वितरकले दबाब दिएर काम गर्न नै सक्दैनन् । वितरक धेरै हुँदा एउटासँग सम्बन्ध विग्रिए अर्कोसँग काम गर्छु भन्ने मानसिकता हलवालाहरुको छ ।

    यसले पनि वितरकले हलसँग सम्बन्ध विगार्न नचाहँदा समयमा नै पैसा उठाउन सक्दैनन् । अर्कोतिर, वितरकले पनि एउटा चलचित्रको रकम रिलिज हुन लागेका आशातित चलचित्रलाई एडभान्स दिएर सक्छन् । यसपछि, ती चलचित्र रिलिज नभइन्जेलसम्म वितरकले पैसा दिन सक्दैनन् ।

    चलचित्रमा लगानी गर्ने निर्माता नबाच्ने हो भने चलचित्र क्षेत्र पनि अगाडि बढ्न सक्दैन । यसैले, मुख्यकुरा एकले अर्कोसँग वेइमानी नगर्ने हो भने कसैले पनि पैसा पाइन भनेर रुनु पर्ने थिएन । यो बिषयमा समयमै निर्माता, वितरक र प्रदर्शक भएर सोच्न आवश्यक छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, साउन १८, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.