दुई छोरीका बुवा बनेका गुल्मी घर भई बागलुङमा व्यवसाय गर्दै आएका तुलसीराम पाण्डेले तेस्रो कहिले त ? भन्ने प्रश्नको झमेला घर परिवारदेखि आफन्त र बाटोघाटोसम्म निरन्तर बेहोरिरहेका छन्। यस्तो प्रश्न गर्नुको कारण छोरो प्रतिको परम्परागत आशक्ति हो। तर, पाण्डेलाई यी प्रश्न र व्यवहारले बिझाए पनि दुई छोरी प्रयाप्त भएकोमा सन्तोष मान्छन्।
अहिले तीजको रौनक लाग्दै गर्दा लोकप्रिय गायक प्रकाश सपुतले आफ्नो तिज गितको विषय यही सामाजिक मनोविज्ञानमा आधारित रहेर तयार गरेका छन्। छोरी, त्यसमा पनि समाजका सत्ता, शक्ति र सम्पतिको पहुँचमा गरिने बलत्कारको विषयमा तयार तीज बिशेष गीत ‘बदला बरिलै’ ले समाजमा नयाँ तरंग पैदा गरेको छ।
यो गीत युट्युबमा सार्वजनिक भएको केही घण्टामै युट्युब ट्रेण्डिङमा आउनुका साथै छोराछोरीबीचको विभेद, त्यसमा छोरीहरुले बेहोर्नु परेको जघन्य बलात्कारको सवाललाई संवेदनशिल ढंगले उठान गरिएको छ।




















