×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

‘फेस डान्स’ बाट टिकटकमा चर्चित कञ्चन

  •  
  • शनिबार, साउन १७, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    एक मिनेटभन्दा कमका रमाइला र रचनात्मक भिडिओ बनाउन मिल्ने आजको समयको लोकप्रिय माध्यम हो, टिकटक।

    फुर्सद काट्ने बहानामा बनाएका टिकटक भिडिओमार्फत् धेरै गुमनाम मान्छेहरू रातारात भाइरल भएका छन्। कमैले सुनेका दर्जनौं गीत-संगीत रातारात चर्चित बनेका छन्। टिकटकबाटै रेश्मा घिमिरे, मन्जिल बस्नेत, विनोद श्रेष्ठ, प्रिन्सी खतिवडा, प्रिस्मा खतिवडा, अमिता गुरुङ लगायत नयाँ कलाकारहरू उदाए।

    यो यस्तो सार्वजनिक मञ्च हो, जहाँ नृत्यदेखि अभिनयसम्म गर्न मिल्छ। यही थलोमा कञ्चन बराल चालिसे भने बेग्लै प्रतिभा देखाएर चिनिँदै छिन्।

    चितवनकी कञ्चन टिकटकमा सक्रिय हुन थालेको झन्डै एक वर्ष भयो। @kannchan11 नामबाट ‘भाइरल’ बन्न सफल कञ्चनले कमेडी भिडिओबाट टिकटक सुरू गरेकी हुन्। उनी अहिले रोबोट डान्स, फेस डान्स, पपेट डान्स र बेली डान्सका साथै ‘रियाक्सन भिडिओ’ पनि बनाउँछिन्।

    एक वर्ष अवधिमा उनलाई ५ लाख जतिले ‘फलो’ गरेका छन्। उनका भिडिओले पाउने हजाराैं ‘लाइक’ ले उनको लोकप्रियता देखाउँछ। सबै जोड्दा उनका भिडिओहरूमा ९० लाख ‘लाइक’ कटिसकेको छ।

    उनको सबभन्दा रूचाइएको कला ‘फेस डान्स’ हो। अर्थात् अनुहार नचाउने। उनी आफ्ना नाक, आँखा, मुख, कान, आँखीभौं, गाला, निधार लगायत अनुहारका विभिन्न अंग संगीतको तालमा नचाउन सक्छिन्।

    ‘पहिल्यैदेखि कमेडी खुबै मनपर्ने। अरूलाई हँसाउनभन्दा आफैंलाई रिफ्रेस गर्न कमेडी गर्थेँ,’ कञ्चनले सेतोपाटीसँग भनिन्, ‘टिकटक सुरू गर्दा कमेडीबाटै सुरू गरेँ। फेस डान्सहरू विस्तारै सिक्दै गएँ। यसका लागि एकाग्रता चाहिन्छ।’

    एक भारतीय टिकटक प्रयोगकर्ता मोहित टन्डनबाट प्रभावित भएर फेस डान्स सिकेको उनी बताउँछिन्।

    ‘टिकटक हेर्दै जाँदा उहाँको फेस डान्स देखेँ। नौलो र रमाइलो लागेर मैले पनि सक्छु कि भनेर प्रयास गरेँ,’ उनले फेस डान्स सिक्दाको अनुभव सुनाइन्, ‘सुरूमा गाह्रो भयो। धेरैको नकारात्मक प्रतिक्रिया पाएँ। राम्रो मुख बङ्गाएर के गरेको होला पनि भन्थे। तर अभ्यास गर्न छाडिनँ।’

    टिकटक चलाउँदा कुनै एउटा विषयमा केन्द्रित भयो भने सिप पनि सिकिन्छ र चर्चा पनि कमाइन्छ भन्ने कुराको गतिलो उदाहरण हुन् कञ्चन।

    नयाँ-नयाँ ‘ट्रेन्ड’ चलिरहँदा पनि उनी फेस डान्स, रोबट डान्स, पपेट डान्समै रमाइन्। जति अभ्यास भयो, उति नै उनको ‘एक्सप्रेसन’ प्रभावकारी बन्दै गयो। एकपछि अर्को भिडिओबाट उनले नयाँ फलोअर पाउँदै गइन्।

    उनका प्रस्तुतिमा आँखीभौं, आँखा, कान र ओठ बढी सक्रिय बनाउनुपर्छ। यसका लागि ती अंगमा पूर्ण नियन्त्रण चाहिन्छ। यो नियन्त्रण हासिल गर्न निरन्तर मेहनत गर्नुपरेको उनी बताउँछिन्। विस्तारै संगीतको तालमा अनुहारका भाग हल्लाउन पोख्त भएको र यही सिपले फेस डान्सरका रूपमा ‘भाइरल’ बनाएको उनको भनाइ छ।

    टिकटकमा विभिन्न समय विभिन्न ट्रेन्ड चल्छ। कहिले ‘स्लो-मो’ त कहिले कुनै संगीतमा एकै किसिमको डान्स भिडिओ। कञ्चनलाई भने कहिल्यै ट्रेन्डअनुसार भिडिओ बनाउन रहर लागेन।

    रमाइलोका लागि भिडिओ बनाउने उनी सरल ढंगमा प्रस्तुत हुन्छिन्। भन्छिन्, ‘प्रतिभा छ भने ढिलो-चाँडो कदर हुन्छ नै। नयाँ लाग्ने विषय छ भने भाइरल हुने रहेछ।’

    नेपाली स्रोता-दर्शकका लागि फेस डान्स नौलो भएकै कारण आफ्नो काम रुचाइएको उनको बुझाइ छ।

    कञ्चन गृहिणी हुन्। उनको साढे दुई वर्षका छोरा छन्। आमा हुनुअघि उनी स्कुलमा पढाउँथिन्। हाल पूरै समय घरको काम र छोरालाई दिएकी छन्। छोरा सानै हुँदा बढी समय घरमै बिताएका बेला उनलाई टिकटकप्रति छिमेकी बहिनीहरूले रुचि जगाइदिएका रहेछन्।

    ‘घरछेउका बहिनीहरूले टिकटक भिडिओ बनाएको देख्दा मलाई पनि बनाउन मन लाग्यो। विस्तारै आदतै बन्यो,’ कञ्चन भन्छिन्।

    उनी घरमा बसेका बेला आफूलाई ‘फ्रेस’ राख्न छोरा सुतेको मौका छोपेर टिकटक बनाउँछिन्।

    टिकटक चलाएर उनलाई ‘बिग्रियौ’ भन्ने भन्दा सराहना गर्ने धेरै छन्। कञ्चनका भिडिओहरू उनका विद्यार्थीहरूले पनि हेरेर प्रशंसा गरेका छन्। उनको परिवारले पनि उनको प्रतिभाको कदर गर्दै हौसला दिएको छ।

    ‘टिकटक बनाउँदा फ्रेस हुन्छु। मानिसक तनाव हुँदा यसले केही हदसम्म हामीलाई भुलाउँछ,’ उनी भन्छिन्, ‘समय मिल्दा भिडिओ हेर्ने अनि बनाउने हो। काम नै छाडेर यसमा लाग्ने होइन। त्यो त ठिक पनि होइन।’

    फुर्सदको बसिबियाँलो ठानी रहरै रहरमा आफूले हालेका भिडिओमा दर्शकहरूले दिने प्रतिक्रियाले कञ्चनको मन फुरुंग बनाएको छ। यसले उनको जीवनमै पनि नयाँ ऊर्जा थपेको छ।

    भन्छिन्, ‘टिकटकले मलाई अरूमाझ चिनायो। मैले आफैंभित्र लुकेको प्रतिभा पनि बुझ्ने अवसर पाएँ।’

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शनिबार, साउन १७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.