चलचित्र ‘झ्यानाकुटी’मा नायक सौगात मल्ल र नायिका बेनिशा हमालको मुख्य भूमिका थियो । यो चलचित्रबाट नायिका बेनिशा हमालको कामको पनि प्रशंसा भयो । पछिल्लो समय चलचित्र ‘घर’मा काम गरेपछि बेनिशा पर्दाबाट टाढा देखिएकी छिन् । यसको दोश्रो पाटोमा पनि निर्देशक सुनवार बेनिशा र सौगातलाई नै अभिनय गराउने तयारीमा छन् ।
नायिका बेनिशा हमाल ‘झ्यानाकुटी २’मा अभिनय गर्ने बिषयमा भन्छिन्–‘मलाई एकपटक सिमोसजीले कुरा गर्नुभएको थियो । चलचित्रको कथा लेख्ने काम सुरु भएकाले काम गर्नुपर्छ भन्ने बिषयमा कुरा भएको हो ।’
बेनिशा चलचित्रको सिक्वेलमा कुरा भएको खण्डमा आफू काम गर्न उत्साहित भएको पनि बताउँछिन् । भारतमा कोरोना भाइरसको जोखिम झने बढेकाले पनि बेनिशा तत्काल मुम्बई फर्किने सोचमा छैनन् । निर्देशक सिमोस सुनवार भने सौगातको समय मिलाएर छायांकनमा जाने तयारीमा छन् ।
प्रदिपले चलचित्रको सिक्वेल लेखेका छन् भने सिमोस चलचित्रको प्रिक्वेल बनाउने सोचमा रहेको वुझिएको छ ।




















