बेलाबखत चर्चा र विवादमा आइरहने लोक तथा दोहोरी गायिका ज्योति मगरको यो वर्षको लागि दोस्रो तीज गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । यसअघि ‘राचि पठाइदे’ बोलको गीत लिएर आएका गायिका मगरले दोस्रो तीज गीत गिलास ठोक्काउने बजारमा ल्याएका हुन । ‘गिलास ठोक्काउने’ बोलको उक्त गीत आरती मिडिया प्रा.लीको बजार व्यवस्थापनमा सार्वजनिक भएको हो ।
तीजमा पनि फरक शैली रुचाउनेहरूका लागि लक्षित गरेर तयार पारिएको तिज गीतमा समीर प्रकाश पाण्डेको शब्द रहेको छ भने संगित प्रेम सापकोटा सोनुले भरेका छन् । यस्तै स्वर पछिल्लो समयकी चर्चित गायिका प्रिति आले र प्रेम सापकोटा सोनु कै रहेको छ । गुरुआमा फिल्म प्रा.लीको ब्यानरमा निमार्ण भएको यो तिज गितको म्युजिक भिडियोमा चर्चित गायिका तथा मोडल ज्योति मगर र लोमश शर्माको फिचरिङ रहेको छ ।
भिडियोमा सुरेश श्रेष्ठको छायाकन स्मृति तिमिल्सिना गुरुआमाको निर्देशनमा प्रकाश धमलाले सम्पादन गरेका छन् । भिडियो हेर्नुहोसः




















