×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

‘छ माया छपक्कै’का निर्माताले अझै पाएनन् २ करोड शेयर

  •  
  • मङ्गलबार, साउन १३, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाली चलचित्रका निर्माताहरुले चलचित्र हलबाट उत्रिएपछि पनि लामो समय शेयर नपाउने गरेको समाचार त नौलो होइन । एउटा हिट चलचित्रको पैसा उठाउन अर्को हिट चलचित्र रिलिज हुनुपर्ने वाध्यता नेपाली चलचित्र क्षेत्रमा छ ।

    चलचित्रको कारोबार सिधै नगदमा भएपनि हलवालादेखि वितरकले निर्मातालाई लामै समय शेयर रकम नदिएर झुलाउने गरेका छन् । यो वाध्यताको बिषयमा कमै मात्र निर्माता बोल्ने गरेका छन् । अझ, करोड भन्दा बढी रकम शेयर पाउने निर्माताहरुले यो समस्या धेरै भोग्नुपरेको छ ।

    गतबर्षको असोज २४ गते रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’का निर्माताले देशभरबाट अझै २ करोड भन्दा बढी शेयर पाउन सकेका छैनन् । निर्माताले वितरकसँग बारम्बार ताकेता गर्दा पनि रकम नपाएपछि सामाजिक संजालमा पनि आक्रोश व्यक्त गर्दै आएका छन् । तर, उनको समस्याको सुनुवाई भएको छैन ।

    निर्माता रोहित अधिकारीले अनलाइनखबरसँग भने–‘देशभरबाट २ करोड भन्दा बढी रकम लिनुछ । काठमाण्डौका गोपिकृष्ण, बीएसआर, पुष्पाञ्जली लगायतका हलबाट ५० लाख भन्दा बढी शेयर रकम उठेको छैन । काठमाण्डौ बाहिर एफडी कम्पनीले हाम्रो चलचित्र वितरण गरेको हो । एफडीसँग डेढ करोडको हारहारीमा शेयर लिनुछ । तर, चलचित्र रिलिज भएको १० महिना बढी भैसक्दा पनि शेयर नपाउनु दुर्भाग्य हो ।’

    रोहितले वितरकसँग चलचित्र उत्रिएको ३ महिना भित्रमा रकम पाउनेगरि संझौता भएपनि त्यो कार्यन्वयन हुन नसकेको बताए । उनले भने–‘हामीले माघसम्ममा पैसा पाउनुपर्ने हो । तर, अहिले वितरकले कोरोनाको कारण देखाएर पैसा दिएका छैनन् । हाम्रो चलचित्रलाई कोरोनाले कुनै पनि असर गरेको छैन ।’

    यता, चलचित्रको काठमाण्डौ बाहिर वितरणको जिम्मा लिएको एफडी कम्पनीका अध्यक्ष सुशिल पोखरेलले परिस्थिती नै प्रतिकुल भएका कारण केही रकम दिन नसकेको बताए । उनले भने–‘रोहितजीलाई हामीले पैसा दिनुपर्ने हो । तर, हामीले पनि समय प्रतिकुल हुँदा पैसा प्रवाह गर्न सकेका छैनौ । उहाँले यो समयमा पनि हामीलाई सहयोग गरिदिनुभएको छ, यसका लागि उहाँलाई धन्यवाद । समयमै रकम भुक्तानी गर्न नसकेकोमा हामी उहाँसँग क्षमा माग्न चाहन्छौ ।’

    उनले रकम समयमै भुक्तानी गर्न नसकेको कारणबारे भने–‘हलसँग हामीले कुनै ठूलो चलचित्र रिलिज अगाडि सम्पूर्ण भुक्तानी गरिदिन भनेका हुन्छौ । छ माया छपक्कैको रकम ‘म यस्तो गीत गाउँछु २’ रिलिज अगाडि भुक्तानी गरिसक्न भनेका थियौं । तर, कारोबार मिलाउँदा मिलाउँदा कोरोनाले सबै अस्तव्यस्त भयो । अहिले हल संचालकहरु पनि सम्पर्कमा छैनन् । हल नखुलेसम्म पैसा उठाउन पनि समस्या छ ।’

    सुशिलले १८ करोड कमाएको ‘छक्का पन्जा ३’को कारोबार समेत एफडीले मिलाएको भन्दै ‘छ माया छपक्कै’को बाँकी रकम पनि भुक्तानीका लागि आफूहरु लागिरहेको बताए ।

    निर्माता र हलको पुलको रुपमा वितरकले काम गरेका हुन्छन् । जसवापत वितरकले पनि कमिसन पाउने गरेका छन् । निर्माताले हलसँग सिधै शेयर रकम माग्न मिल्दैन । यसैले, निर्माता र हलको विचमा रहेर काम गर्ने वितरकबाट नै सबै कारोबार हुने गरेको छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, साउन १३, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.