काठमाडौँ । ‘चलेछ बतास सुस्तरी’, ‘चिट्ठी तिमीलाई लेखुँ भन्थें …,’ जस्ता चर्चित गीतका गायक शम्भु राईको नयाँ गीत ‘एनी हौ आँखैमा झलझली’ सार्वजनिक भएको छ ।
पूर्वेली लोकगीतका बादशाहका रुपमा चिनिने शम्भुको यो गीतमा उनलाई गायनमा गायिका अञ्जु गौतमले साथ दिएकी छिन् ।
शब्द/संगीत पनि गायक शम्भुकै रहेको गीतको भिडियो समेत निर्माण भएको छ । जसमा अनिता गोले, उमेश राई (फुलन्देको आमा), ज्योती खड्का, पारबन राई (राई बुढा), कमल सिंहलगायतको अभिनय देख्न सकिन्छ ।
भिडियो अभि लामाले निर्देशन गरेका हुन् । युद्ध लामाको कोरियोग्राफी, सुर्य लामाको छायाँकन तथा सम्पादन भिडियोमा रहेको छ ।




















