काठमाडौँ । टेलिभिजन रियालटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन –२’मा ‘भुमो’ गीतबाट निकै चर्चा पाएका गायक तथा संगीतकार विनय कार्कीको नयाँ गीत ‘मायामा फसे कि म’ सार्वजनिक भएको छ ।
गीतमा विनयलाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छन् । मायाप्रेमको चर्चा गरिएको गीतमा सविन लामाको शब्द र विनयकै संगीत रहेको छ ।
गीतको भिडियो समेत निर्माण भएको छ । जसमा गायक विनयले मोडल अलिशा शर्मासँग रोमान्स गरेका छन् । आशिस रानाको कोरियोग्राफी रहेको भिडियो र र पवन सुस्लिङ्गले निर्देशन गरेका हुन् ।


