नेपाली हिन्दु नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा तीज सम्बन्धी गीत धमाधम सार्वजनिक भइरहेका छन् । यही क्रममा गायिका शितल शर्मा र प्रकाश पराजुलीले पनि पृथक र फरक खालको तीज गीत ल्याएका छन् ।
नवराज पन्तको शब्दमा शितल शर्मा र प्रकाश पराजुलीले आवाज दिएका छन् भने संगित प्रकाश पराजुलीको रहेको छ ।
‘बाबाले सारेको वर, मलाई पनि शितलु कहाँ छ र ?’ बोलको गीतको निर्देशन मौसम हिमालीले गरेका छन् ।
गीतमा शिभन पोखरेल, गरिमा शर्मा, नीरु खड्का, शितल शर्मा, प्रकाश पराजुली, रविन लामिछानेलगायतका कलाकारहरुको अभिनय रहेको छ ।


