×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘खलनायक २’ मा विराजको सम्भावना कति ?

  •  
  • शुक्रबार, साउन ०९, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    केही वर्षयता हिट फिल्मको सिक्वेलले बक्सअफिसमा धूम मच्चाइरहेको अवस्था छ । ‘ए मेरो हजुर’, ‘नाईं नभन्नू ल’, ‘छक्का पञ्जा’ सिरिज यसका उदाहरण हुन् । सिक्वेलप्रति दर्शकले विश्वास गर्न थालेका कारण निर्माताहरु नयाँ नाममा फिल्म बनाउने जोखिम उठाउन छाडेका छन् । सिक्वेल फिल्म निर्माणको लहडमा अभिनेता, निर्देशक तथा निर्माता रोज राणा पनि मिसिएका छन् ।

    उनी दशक अगाडिको सुपरहिट फिल्म ‘खलनायक’ को दोस्रो श्रृंखला निर्माण गर्न तम्सिएका छन् । फिल्ममा निर्देशक हेरफेर गरिएको छ । यसको पहिलो पार्टलाई ऋषि न्यौपानेले निर्देशन गरेका थिए । सिक्वेलको क्याप्टेनसिप ‘रणवीर’ फेम्ड निर्देशक गोविन्द सिंह भण्डारीले सम्हाल्दैछन् । मौनता श्रेष्ठले फिल्मको कथा लेखिरहेका छन् । भदौबाट फ्लोरमा जाने तयारीमा निर्माण टिम छ ।

    ‘खलनायक’ मा राजेश हमाल, विराज भट्ट, निखिल उप्रेती र झरना थापाको अभिनय थियो । यसको सिक्वेल निर्माण हुने खबर बाहिरिएपछि फिल्ममा पुरानै कलाकार दोहोरिन्छन् वा नयाँ हुन्छन् भन्ने चासो दर्शकमा छ । निर्माता राणाका अनुसार, फिल्मका लागि अहिलेसम्म कुनै कलाकार छनौट भएका छैनन् । उनले फिल्ममा नयाँ र पुराना कलाकारको समिश्रण हुने बताएका छन् ।

    ‘खलनायक २’ मा विराज भट्ट, निखिल उप्रेती, राजेश हमाल र झरना थापामा को दोहोरिने सम्भावना प्रवल छ ? बजारमा चलेको चर्चालाई आधार मान्ने हो भने निर्माता रोजले फिल्ममा विराजलाई दोहोर्‍याउन खोजेका छन् । उनीहरुबीच आत्मीय सम्बन्ध भएको र आधा दर्जन फिल्ममा सहकार्य भएकाले पुनः एकपटक रोज र विराजको टिमअप हुने सम्भावना बलियो रहेको बताइएको छ ।

    फिल्मीखबरलाई गोप्य स्रोतले दिएको जानकारी अनुसार, रोज र विराजबीच ‘खलनायक २’ लाई लिएर केही पटक छलफल समेत भइसकेको छ । यस विषयमा रोज भन्छन्, ‘विराजसँग मेरो राम्रो सम्बन्ध छ । हामीबीच ५/६ वटा फिल्ममा सहकार्य भइसकेको छ । विराजसँग मेरो भेटघाट भइरहन्छ । तर, ‘खलनायक २’ मा उहाँ हुनुहुन्छ वा हुनुहुन्न अहिले नै कुनै निश्चित भएको छैन ।’

    उनले फिल्ममा विराजसँगै निखिल उप्रेती हुने सम्भावना पनि प्रवल रहेको बताए । उनका अनुसार, यही साउन १५ भित्र कलाकार छनौट गरिनेछ । ‘खलनायक २’ मा अहिलेका एक चल्तीका अभिनेता लिने सोचमा रोज छन् । फिल्ममा निर्माता रोज आफैं खलनायकको भूमिकामा प्रस्तुत हुँदैछन् । यसका लागि केही महिनायता उनी शरीर सुगठित बनाउन मेहेनत गरिरहेका छन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, साउन ०९, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.