१२ दिनदेखि मुम्बईको नानावटी अस्पतालमा कोभिड १९को उपचार गराइरहेका बलिउड अभिनेता अमिताभ बच्चनको पछिल्लो स्वाब रिपोर्ट नेगेटिभ आएको छ ।
तर उनलाई अझै एक दुई दिन अस्पतालमा नै बस्न डाक्टरहरुले सल्लाह दिएका छन् ।
उनलाई एक दुई दिन डाक्टरहरुले आफ्नो निगरानीम राख्नेछन् ।
अस्पतालसंग जोडिएका सुत्रले उक्त कुराको जानकारी दिएका हुन् ।
अमिताभका छोरा अभिषेक बच्चनको पनि सबै रिपोर्ट नेगेटिभ आएको छ ।
उनलाई आजै साँझ सम्म डिस्चार्ज गरिँदैछ ।


