लकडाउनको समयमा चर्चामा आएको एक अन्तरवार्ता मा नायिका पूजा शर्माले नेपालमा १४ जिल्ला रहेको बताएकी थिइन् । सो अन्तरवार्ता चर्चामा आएपछि नायिका पूजा शर्माले पहिलो पटक अनलाइनखबरसँगको कुराकानीमा माफी मागिन् ।
पूजाले भनिन्–‘हो, म दर्शकको धेरै माया पाएर मात्तिएकी थिएँ । मैले यी कुराहरु जान्नुपर्ने हो । तर, अब म आफूलाई यस्तो कुरामा सजग बनाउँछु । सबै दर्शकको मन दुखेको छ, म माफी माग्न चाहन्छु ।’
नायिका शर्मा चलचित्र निर्माण र रिलिजको वातावरण तयार भएपछि ‘म यस्तो गीत गाउँछु २’को प्रचार र नयाँ चलचित्रको काममा व्यस्त हुनेछिन् ।




















