गोरखा समाचारदाता
काठमाण्डौं – रियालिटी शो बाट चिनिएका गायक पवन गिरीले नेपाल आर्मी प्रति सम्मान व्यक्त गर्दै लोक परिवेशमा आधारित गीत ‘मिल्टेरीको जुत्ता’ सार्वजनिक गरेका छन् ।
सबैले सुन्न सक्ने सरल शब्द र टिप्न सक्ने धुन समावेश यो गीत कोरनाका कहर बीच मुड फ्रेश बनाउने खालको छ ।
गीतका शब्द रमेश दहालले लेखेका हुन् भने संगीत टिका दहालको रहेको छ । गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् ।
म्युजिक भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् । धेरै जना टिमको सहयोगमा तयार भएको भिडियोलाई गम्भीर बिस्टले कोरियोग्राफी र अर्जुन तिवारीले छायांकन गरेका हुन् ।
जीवन थापाले भिडियोलाई सम्पादन गरेका हुन् । हाँस्य टेलिश्रृंखला ‘सक्किगोनि’मा काकु भनेर चिनिने कलाकार दिपक आचार्यको निर्देशनमा भिडियो तयार भएको हो ।
भिडियोलाई वाइड लेन्स प्रोडक्सनको च्यानल मार्फत सार्वजनिक गरिएको छ ।


