उनको फेसबुक स्ट्याटस जस्ताको तस्तै : आज मेरो जन्मदिन बाचुन्जेल हासी खुसी रमाउन सकु । रमाउनकै लागि अनेक बाहाना बनाउन सकु ।
संसार कोरोनाको कहर बाट गुज्री रहेको बेला सम्पुर्ण मानब जगत नै अत्यन्तै कष्टकर समय बाट बिति रहेको छ । नेपाल बाट बिभिन्न देशमा जानु भयका थुप्रै नेपालीहरु लकडाउनको कारण दुःख अभाव र पिडामा हुनुहुन्छ ।
कतिपय नेपालि घर फर्कन समेत न सक्ने अवस्थामा हुनुहुन्छ यहि पिडा लाइ महशुश गर्दै झापा घर भयकि एक जना नेपाली चेलि दलाल मार्फत भारतको बाटो हुदै दुबइ पुगेर अलपत्र र अत्यन्तै पिडामा रहनु भयको कुरा आदरणीय दाइ प्रकाश पौडेलको फेसबुक पोस्ट मार्फत अवगत भयो ।
मैले मेरो जन्मदिन खुशियालि साथ मनाउनुको सट्टा उक्त दुखमा रहनु भयकि नेपाली चेलिलाइ दुबइ बाट नेपाल फर्कने प्लेन टिकेटको खर्च ब्यहोर्ने निर्णय गरेको छु ।
यो विशम परिस्थितिमा दुःख र अभावमा रहेका नेपालिहरुको पिडामा आफुले सकेको सहयोग गरौ । जय देश
जय जननी।


