रोशन सिंह र प्रविशा अधिकारीको आवाजमा रहेको ‘पिपल छेउमा बर’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा रोशन सिंहको शब्द तथा संगीत रहेको रहेको छ ।
गीतको भिडियोलाई विमल अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेत्री अनु शाह र मोडल विमल अधिकारीको अभिनय छ ।
राजेश घिमिरेले खिचेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन् भने प्रविन भट्टले रंग संयोजन गरेका हुन् । गीतमा समावेश शब्द मनछुने छन् ।
श्रीमान-श्रीमतीबीचको माया प्रेमलाई कलात्मक तरिकाले भिडियोमा देखाउन खोजिएको छ । यसअघि बिमल अधिकारी र रोशन सिंहबीच ‘ए भुपु माया’ बोलको गीतमा सहकार्य भएको थियो ।


