बलिउड चलचित्र ‘लुटकेस’को ट्रेलर सार्वजनिक भएको छ । तर, ट्रेलर सार्वजनिक भएसँगै बहस पनि सिर्जना भएको छ । चलचित्रको ट्रेलर हेर्ने अधिकांश नेपाली दर्शकले नेपाली चलचित्र ‘जात्रा’को कथावस्तुसँग यसको कथावस्तु मिलेको भन्दै प्रतिक्रिया दिएका छन् ।
पैसाले भरिएको झोला भेटेपछि त्यसलाई कसरी लुकाउने वा के गर्ने भन्ने दोधारमा अड्किएको एक पात्रको वरिपरी यो चलचित्र घुमेको छ । नेपाली चलचित्र ‘जात्रा’ले पनि सामान्य परिवारमा जीवन बिताइरहेको एक व्यक्तिले पैसाले भरिएको बोरा भेटेपछि उत्पन्न हुने परिस्थितीको कथालाई प्रस्तुत गरेको थियो ।
राजेश कृष्णननको निर्देशनमा तयार भएको यो चलचित्रमा कुनाल खेमु, रसिका डुगाल, विजय राज, रणवीर सोरी लगायतको मुख्य भूमिका छ ।


