काठमाडौं – चलचित्रमा आउनुभन्दा अघि केही म्युजिक भिडियोहरुमा अभिनय गरेका अभिनेता दयाहाङ राईलाई दर्शकले पुनः एक पटक यही विधामा हेर्न पाउने भएका छन् ।
नेपाली चलिचत्र क्षेत्रका लोकप्रिय अभिनेताको सूचीको अघिल्लो पंक्तिमा पर्ने अभिनेता राईले हिजो बिहीबार धुलिखेलमा छायांकन गरिएको ‘बल्ल बल्ल भेट भो…’ शीर्षकको गीतको म्युजिक भिडियोमा अभिनय गरेका हुन् ।
गायक तेम्बा शेर्पा तथा गायिका दीपा लामाको स्वरको यूगल गीतमा उक्त भिडियो निर्माण भैरहेको हो । उक्त म्युजिक भिडियोमा अभिनेता दाहाललाई मोडल निराञ्जली लामाले जोडीको रुपमा साथ दिएकी छिन् ।
सामाजिक दुरी कायम गर्दै छायांकन गरिएको उक्त भिडियोमा यी कलाकारहरुलाई नचाउन सिकाउने जिम्मा कोरियोग्राफर कविराज गहतराजले लिएका थिए ।
म्युजिक भिडियोलाई चलचित्र निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् । निर्देशक चाम्सका अनुसार भिडियो केही दिनपछि सार्वजनिक हुनेछ ।


