राजनराज शिवाकोटी र स्मिता दाहालको स्वरमा रहेको ‘मायालु तिमि कता छौ २’ सार्वजनिक भएको छ ।
यो गीत करिव १ बर्ष अगाडी सार्वजनीक ‘मायालु तिमि कता छौ’ को दोश्रो भाग हो ।
सुपरहिट बनेको गीतको दोश्रो भाग पनि उत्तिकै बेजोड बनेको छ। गीतमा दिनेश थपलियाको शब्द र राजनराजको संगीत रहेको छ ।
गीतको पहिलो भागको भिडियोमा ‘द कार्टुन क्रु’ फिचर रहेका थिए ।
यो गीतको भिडियोमा भने पल शाह र स्वस्तिमा खड्का फिचर रहेका छन् ।
विक्रम स्वरको कन्सेप्ट कोरियोग्राफी रहेको भिडियोलाई सरोज ओलीले निर्देशन गरेका छन् ।
भिडियोमा पल र स्वस्तिमाको साथमा बाल कलाकार एन्जल राई र अरविन खड्का फिचर रहेका छन् ।
नवराज उप्रेतीले खिचेको भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।


