बलिउड अभिनेता रवि किशन अहिले आफ्नो सानदार अभिनयका कारण चर्चित छन् । उनले हिन्दी फिल्मबाट नै आफ्नो करिअर सुरु गरेका थिए । तर, पछि भोजपुरी फिल्ममा उनी जम्न थाले ।
भारतमा दक्षिणी फिल्ममा निकै ठूलो चर्चा कमाइसकेका रविकिसन २०१९ मा भाजपाबाट सांसद पनि बने अनि राजनीतिक डुङ्गामा पनि आफ्नो पाइला राखे ।
१७ जुलाइमा उत्तर प्रदेशमा रविको सफलता सहज यात्राबाट प्राप्त भएको चाहिँ होइन । उनले यसअघि एउटा अन्तर्वार्तामा आफ्नो आर्थिक अवस्था निकै कमजोर रहेको पनि बताएका छन् ।
एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘मैले आमालाई साडी किनिदिनँ पैसा नभएकाले पत्रिका बेचेर उहाँलाई साडी किनिदिएको थिएँ ।’
तर, आफूलाई संघर्ष र मेहनेतले यो ठाउँमा पुर्याएको उनी बताउँछन् ।




















