काठमाडौं – बलिउडका चर्चित अभिनेता हुन् सलमान खान । पछिल्लो समय लकडाउनका कारण उनी पानभेल फार्महाउसमा समय बिताइरहेका छन् ।
उनले सामाजिक सञ्जाल इन्टाग्राममा एक तस्बिर शेयर गरेका छन् । तस्बिरमा उनी एक किसान जस्तो देखिएका छन् ।
उनको शरिरभरी हिलो छ । उनले तस्बिर शेयर गर्दै किसानहरुलाई सम्मान गर्नुपर्ने बताएका छन् । उनको उक्त स्टाटसलाई फ्यानहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
पछिल्लो समय उनी फार्महासमै हराउन थालेका छन् । ४ दिनअघि पनि उनले झार उखलेको तस्बिर शेयर गरेका थिए ।




