काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा देखिएको विवाद समाधान भइसकेको छैन । एकपछि अर्काे विवादमा फसिरहेको नेपाली चलचित्र क्षेत्रमा महानायक विवाद भने निकै बढ्यो ।
महानायकबारे दिइएको विवादित अभिव्यक्तिबारे दीपाश्री निरौलाले माफी मागिन् । तर, उनीमाथि मानिसको आक्रोशमा कमि आएन ।
विवाद साम्य पार्न राजेश हमालले पनि सबैमा आग्रह गरे । तर, दीपाश्रीमाथिको आक्रोशमा कमि नआएको र विवाद समाधान नभएपछि पत्रकार पुनम पौडेलले यसबारेको विवाद समाधानका लागि सर्वाेच्च अदालतले पो आदेश जारी गर्नुपर्ने हो कि ?
भन्दै व्यंग्यात्मक प्रश्न गरेकी छन् । सामाजिक सञ्जालमा यसबारे पुनमले लेखेकी छन्, ‘नेपाली लाई विवाद तन्काउन शायदै कसैले भेट्छ होला ।
सिनेकर्मी दीपाश्री निरौलाले अभिनेता राजेश हमालबारे एउटा टिप्पणी गरिन्, त्यस बारेमा यति टीका टिप्पणी भए कि दिपाश्रीले माफी मागिन्, अहँ विवाद सकिएन, पक्ष, विपक्ष, मानवअधिकार, महिलाअधिकार सिने अधिकार अनेकौं कोणबाट व्याख्या र अपव्याख्या भए ।
कसैले दीपालाइ असभ्य भाषामा पाँडे गाली गरे भने कसैले सभ्य भाषामा राजेश हमाललाई । धेरैले भने अब राजेश हमालले नै यो विवाद अन्त्य गर्न केही बोल्नु पर्यो, अन्ततः राजेश बोले । अहँ विवाद सकिँदैन त ।
राजेशले किन त्यसो भने ?
यसो पो भन्नू पर्थ्यो, हे भगवान अब यो बिवाद टुंगियाउन सर्वोच्च अदालतले आदेश नै पो जारी गर्नु पर्ने हो कि?
तिललाइ पहाड बनाउन कसैले हामीसँग सिकून, कि लुतो कन्याई रहन मजा आउने भएर पो हो कि ?
लु जति कन्याए पनि सकियो अब, आज लुतो फाल्ने दिन, विवादको यो लुतो पनि आजै फालाँै त मित्रहरू साउने संक्रान्तिको शुभकामना।’


