काठमाडौं : केहि समय अगाडी रुकुममा घटेको दलित विभेद बिचको खाडल चिर्नको लागि एउटा फरक र मार्मिक कथा सहितको छोटो चलचित्र निर्माण भएको छ।
अधुरो प्रेम नाम दीइएको चलचित्रमा नवराजको घटना छर्लङ् पारिएको छ भने नवराज जस्तै दलित हुनालेनै प्रेममा पर्ने बाधाको बिषयलाई बिशेष चित्रण गरिएको छ ।
यो समय जातियाताको बिषयमा निकै आवाज उठे तर बोल्न पर्नेहरु नबोलेको हुनाले पनि यस बिषय झन् जटिल बन्दै गएको छ ।
भोलि जातीय विभेद चर्कियो भने यसको परिणाम के आउला भन्ने कसैले सोचेको छैन साहेद त्यसैले पनि यी चलचित्रको निर्माण भएको हुन पर्छ ।
चलचित्रमा दलित प्रेमीको रुपमा सुरेन खड्का रहेका छन भने माथिल्लो जातीय भूमिकामा पार्वती महत रहेकी छिन । हेरौ यो निर्माण गरिएको भिडियो :


