काठमाडौं– हरितालिका तीज नजिकिँदै गर्दा तीज गीत सार्वजनिक हुने क्रम जारी छ ।
यसै क्रममा गायक निशान भट्टराई तथा गायिका शान्ता खत्रीको स्वरमा रहेको तीज गीत भिडियो सार्वजनिक गरिएको छ ।
डिपी खनालको शब्द रचना रहेको गीतमा रिमेश कुमारको संगीत रहेको छ।
‘यसपालिको तीज’ शीर्षकको गीतमा शाहज शाक्यको संगीत संयोजन रहेको छ ।
दुर्गेश थापा र सुष्मा कार्की फिचर्ड गीतलाई अशोक बिकले निर्देशन गरेका छन् ।
बिरेन्द्र भट्टले छायाँकन गरेको भिडियोलाई रबिन बिकले सम्पादन तथा बिकाश ज्ञवालीले कलर करेक्सन गरेका छन् ।
उक्त भिडियो गोर्खा चौतारी म्युजिकको यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।


