काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्काले पुराना चलचित्रकर्मी युवराज लामाको पछिल्लो अभिव्यक्तिप्रति कडा शब्दमा आपत्ति जनाएकी छिन् ।
चलचित्र निर्माता तथा निर्देश्ँक लामाले अभिनेता भूवन केसी तथा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको विवादमा एउटा भिडियो अन्तर्वाता दिँदै भनेका छन्–‘यदि शोषण भएको हो भने आवाज उठाउनु पर्दछ । तर, कसैले मेरो बाबु भन्दै अंकमाल गर्यो, गाला छोयो भनेर रुनुको अर्थ छैन । यो चलचित्र क्षेत्र हो ।’
लामाको यही भनाइमा अभिनेत्री खड्काले आपत्ती जनाएकी हुन् ।
आफ्नो फेसबुकमा एउटा स्टाटस लेख्दै स्वतिमाभले भनेकी छिनन्– ‘चलचित्र क्षेत्रको एक जिम्मेवार र वरिष्ठ व्यक्तिबाट यस्तो खालको भनाइ आउनु दुःखलाग्दो कुरा हो । जर्बजस्ती छुने, चुम्बन गर्ने, कसैको सहमतीविना जर्बजस्ती तान्नु आफैंमा शारीरिक उत्पीडन हो । मेरो पेशामा कुनै पनि प्रकारको उत्पीडनका लागि कुनै पनि बहाना सह्य छैन । म फेरि पनि दोहोर्याउँछु, कुनै प्रकारको उत्पीडन ।’


