×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ८ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

महामारीका कारण चार महिनादखि ठप्प मनोरञ्जन उद्योगमा चल्मलाए चलचित्रकर्मी

  •  
  • शनिबार, असार २७, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं : काठमाडौं कोभिड—१९ को महामारीका कारण चार महिनादखि ठप्प मनोरञ्जन उद्योग तत्काल पूर्ववत् अवस्थामा फर्कने सम्भावना छैन। सरकारले लकडाउन केही खुकुलो पारेपछि अन्य क्षेत्रमा केही चहलपहल देखिए पनि चलचित्र उद्योग भने गति पक्रने दिशामा छैन। सुटिङमा कसरी जाने ? , कुन मोडलमा हल खुलाउने ?,हल खुलिहाले पनि कसले फिल्म चलाउनेलगायतका विषयमा खासै बहस भएको छैन। न त सरकारसमक्ष आफ्ना समस्या प्रस्ट रूपमा प्रस्तुत नै गरिएको छ।

    यसैबीच, सरकारले केही सर्तसहित शुक्रबारदेखि सार्वजनिक यातायात सञ्चालनमा ल्याउने निर्णय गरेपछि केही चलचित्रकर्मी भने आफ्नो उद्योगलाई पनि चलायमान बनाउनुपर्छ भनेर चल्मलाएका छन्। अहिले धेरै चलचित्रकर्मी व्यक्तिगत टीकाटिप्पणीमा अल्झेर समय बिताइरहेका बेला सरकारको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णयले उनीहरूको ध्यान मोडिदिएको छ।

    चलचित्र प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र संघका पूर्वअध्यक्ष तथा निर्माता प्रदीपकुमार उदय चलचित्रकर्मीले दबाब दिन नसकेर सरकारले फिल्म उद्योगलाई बेवास्ता गरेको बताउँछन्। भन्छन्, ‘व्यवसायीहरूको दबाबले पसलहरू खुले, बंैक खुले, यातायात व्यवसायीहरूको दबाबले यातायात खुले तर चलचित्र क्षेत्र कहिले खुल्ने हो निश्चित छैन। नेपालको सरकार दबाबले मात्र काम गर्छ।’ बजारमा हुलका हुल मान्छेहरूको गतिविधिले कोरोना नसर्ने, कार्यालयहरूको भीडले कोरोना नसर्ने, यातायातमा छोटो दूरीमा सवारीमा हुइँकिँदा कोरोना नसर्ने तर चलचित्र भवनमा चलचित्र हेर्न जाँदा मात्र सर्ने हो कि? भन्ने प्रश्न गर्दै उदय भन्छन्, ‘कि हामीले दबाबको वातावरण नबनाएर हो ? हुन त हामी चलचित्रकर्मीहरू अत्यन्तै सहनशील छौं।

    चलचित्र घरमा ५० प्रतिशत दर्शक मात्र राखेर, कोरोनाबाट बच्ने सबै सुरक्षित उपाय अपनाएर पनि प्रदर्शन गर्न सकिन्छ। कोरोना महामारीमा चलचित्र क्षेत्र सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पर्दछ तर सरकारले बजेटमा अति प्रभावित मानेन।’ सरकारले चलचित्र क्षेत्रलाई सम्बोधन गर्न नसक्नुलाई उनी आफूहरूकै कमजोरी मान्छन्। ‘यो सबै हाम्रै कारणले पनि भएको हो। दोषमुक्त हामी पनि छैनांै।

    हामी चलचित्रकर्मी र समग्र चलचित्र क्षेत्र कहिले एकताबद्ध हुन सकेनांै र गम्भीर पनि हुन सकेनौं। झन् कोरोना संकटको यो महामारीमा चलचित्रकर्मीले नै ल्याएको अनावश्यक विवाद र हल्काफुल्का टिप्पणीले हामी समाजमा झन् हल्का हुन पुग्यौं’, उनले भने। चलचित्रलाई कसरी चलायमान बनाउन सकिन्छ भनेर गम्भीर बहस गर्ने बेला हो यो। ‘एकपटक सोचौं यही क्षेत्रमा अगाडि बढ्ने कि पलायन हुने ? प्रश्न छ त समाधान पनि पक्कै होला’, उनले भने।

    यसमा निर्माता अशोक शर्मा अलि फरक मत राख्छन्। ‘यातायात र हामीमा फरक छ, खुलेपछि सडकमा कुदिहाल्छ तर हल खोल्न चलचित्र चाहिन्छ त्यसको व्यवस्था नगरी उपाय हँुदैन। त्यतातिर चाहिँ सबैले सोच्यो भने राम्रो होला’, शर्मा भन्छन्, ‘भद्र दबाब दिइरहेका छौं, गाइड लाइन बनाएर दिएका छौं। सुनुवाइ होला।’

    ए मेरो हजुरको पछिल्लो सिरिज लिएर फ्लोरमा गएका निर्माता सुनीलकुमार थापा लकडाउनपछि त्यसै थन्किएका थिए। उनको फिल्म पूरा भएको छैन। र कसरी र कहिले पूरा हुन्छ भन्न सक्ने अवस्थामा पनि छैनन्। ‘अब सबै चलचित्रकर्मी एक जुट भएर एउटा ठोस कदम चाल्नु आवश्यक छ’, थापाले भने।

    आन्दोल​न​ र​ द​बाब​भन्दा पनि अहिले हलमा रिलिज​ ग​र्ने चलचित्र नै हुनुपर्‍यो। हल खुलिहाले पनि निर्माताहरू यो अवस्थामा आफ्ना चलचित्र रिलिज गर्न तयार हुनुपर्‍यो। रिलिज मात्रै गरेर हुँदैन हलमा दर्शक पनि आउनुपर्‍यो। कलाकारहरू सुटिङमा जान तयार हुनुपर्‍यो। प्राविधिकहरू काममा फर्कने वातावरण तय हुनुपर्‍यो। यसका लागि चलचित्रकर्मीले काम गर्नु पहिलो प्राथमिकता हो। ‘पहिलेको जस्तो सहज अवस्था छैन, हतार गरेर हुँदैन। विस्तारै माहोल बनाउँदै जानुपर्छ’, नायक तथा निर्माता भुवन केसीको राय छ।

    लामो समयदेखि चलचित्र क्षेत्रमा कुनै गतिविधि नहुँदा हजारौं बेरोजगार भएका छन्। हल बन्द हुँदा हल सञ्चालक मारमा परेका छन् भने निर्माण भइसकेका फिल्म प्रदर्शन हुन नसक्दा निर्माताको करोडौंको लगानी जोखिममा परेको छ। अमेरिका, चीन, भारतलगायत ठूलो चलचित्र उद्योग भएका मुलुकले निर्देशिका तय गरेर चलचित्र उद्योग सञ्चालनको वातावरण बनाए पनि हामीकहाँ यस दिशामा केही काम भएको छैन। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल फिल्म क्षेत्र सञ्चालनका लागि प्याकेजमा काम गरिरहेको बताउँछन्। तर त्यो प्याकेज बाहिर आएको छैन।

    उता चलचित्र निर्माता संघले चलचित्र विकास बोर्डलाई बुझाएको कोरोनाबाट प्रभावित फिल्मको विवरण पनि विवादमा तानिएको छ। बोर्डले कोरोनाले असर पारेका फिल्मलाई राहत दिन निर्माता संघसँग प्रभावित फिल्मको विवरण मागेको थियो। तर, निर्माता संघले निर्माण नै नभएका फिल्मको नामसमेत बोर्डमा पठाएको केही निर्माताको आरोप छ। निर्माता संघले कोरोनाबाट प्रभावित भन्दै ६४ फिल्मको सूची बोर्डमा बुझाएको थियो। यसमा निर्माता संघका महासचिव रोज राणाले नै असहमति जनाएका छन्।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शनिबार, असार २७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.