काठमाडौं : गीतकार तारा अधिकारीको नयाँ गीत ‘पराईको सिन्दूर’ सार्वजनिक भएको छ। गीतमा नरेन्द्र प्यासीको स्वर तथा संगीत छ। यो गीतमा बिछोड भएपछिको प्रेमलाई व्यक्त गरिएको छ।
यो गीतको म्युजिक भिडियोमा जीवन भट्टराई र तारा अधिकारीको अभिनय छ। शान थापाको निर्देशनमा बनेको भिडियोमा राजीव समर सहायक निर्देशकका रूपमा छन्।
अर्जुन तिवारी र उनको टिमले खिचेको भिडियो सिलन लम्सालले सम्पादन गरेका हुन्। भिडियोमा सुप्रिम पराजुलीको कलर ग्रेडिङ छ।
गीत गीतकार ताराकै युट्युब च्यानल ‘सुनौलो तारा’बाट सार्वजनिक गरिएको हो। लकडाउनका बेला तारा अधिकारीका गीतहरूको लिरिकल भिडियो सार्वजनिक भएको थियो।
हाल लकडाउन केही खुकुलो भएकाले भिडियो तयार गरी दर्शकमाझ ल्याएको गीतकार अधिकारीले बताइन्।


