चर्चित गायक टंक बुढाथोकी र गायिका सबिता भण्डारीको ‘सरी’ बोलको गीत सार्वजनिक भएको छ ।
टंकको शब्द, संगीत, एरेञ्ज रहेको गीतमा टंक र सबिताको स्वर रहेको छ । ‘
सरी’ बोलको गीत टंक बुढाथोकी युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
गम्भिर बिष्टको निर्देशनमा बनेको म्युजिक भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा बिश्वकर्मा फिचर छन् ।
भिडियोमा सरोज आश्मालाई श्रीमान श्रीमतीको भुमिकामा देख्न सकिन्छ ।
यस म्युजिक भिडियोलाई नवराज उप्रेतिले खिचेका छन् ।
गीतमा नबिन निरौलाले सम्पादन गरेका छन् ।
सुबोल थापाले कोरियोग्राफ गरेको भिडियोमा गायक स्वयम टंककै कन्सेप्ट रहेको छ ।
लकडाउन खुकुलो भएपछि गायक टंकको यो दोस्रो काम हो, भने कार्टुन क्रुजको पहिलो काम हो ।
कार्टुन क्रुजका नियमित दर्शकका लागी यो भिडियो बिशेष हुनेछ ।


