काठमाडौं– लोकप्रिय गायक प्रकाश सपुत आफ्नो नयाँ गीत ‘नमस्कार’ लिएर दर्शक तथा स्रोतामाझ आएका छन् ।
उनी करिव एक वर्षपछि नयाँ गीतमा सुनिएका हुन् ।
गायक सपूतले यो गीतमा कोरोना महामारीपछि मानिसले भोगिरहेको अवस्था र सबै मानिस बराबर हुन् भन्ने सन्देश दिन खोजेका छन् ।
उक्त गीतमा गायक सपुतकै शब्द तथा संगीत सुन्न सकिन्छ ।
सार्वजनिक गीतको भिडियोमा गायक सपुतको साथमा विराज थापा तथा किरण मगरको अभिनय हेर्न सकिन्छ ।
देवेन्द्र बब्लुको निर्देशनमा तयार भएको भिडियोमा प्रविण भट्टको सम्पादन, अनिल के मानन्धरको छायांकन छ ।
लामो समयको लक डाउनको कारण दर्शकमाझ जान नपाएर छटपटीएको एक गायकले आफ्नै वरिपरी देखेको खुशीलाई भिडियोमा चित्रित गरिएको छ ।


