काठमाडौं– अभिनेता निखिल उप्रेतीलाई दर्शकहरु एक्सन हिरोको रुपमा चिन्छन् ।
आफ्ना हरेक चलचित्रमा उनका डरलाग्दा एक्सन स्टन्टहरु हेर्न पाइन्छन् ।
हुन त उनी मार्शल आर्ट्सका कुशल खेलाडी समेत हुन् ।
पछिल्लो समयमा उनी आध्यात्ममा पनि आकर्षित भएका छन् ।
शुद्ध शाकाहारी भोजन गर्ने निखिल आफ्ना नजिकका साथीभाइ माझ राम्रो प्रवचन दिने व्यक्तित्वका रुपमा समेत चित्रित छन् ।
निखिलको व्यक्तित्व समेत आकर्षक छ ।
उनी हल्का जुँगा पाल्छन्, दाह्री कमै राख्छन् ।
चलचित्र ‘रुद्र’ मा मात्र उनलाई झ्पाप्प दाह्रीमा देखिएको थियो ।
यतिबेला देशमा कोरोना भाइरसका कारण लकडाउन जारी नै छ ।
असार १ गतेदेखि देखि केही खुकुलो भए पनि चलचित्रकर्मीहरु प्रायः घर–घरै छन् ।
यसैबीच अभिनेता निखिल उप्रेतीले मंगलबार आफ्नो फेसबुकको प्रोफाइल पिक्चर परिवर्तन मात्र गरेनन्, सबैलाई आश्चर्यमा पार्ने आफ्नै तस्बिर समेत सार्वजनक गरे ।
टाउकोमा फेटा बाँधेका निखिलको अनुहार दाह्रीले ढाकेको छ ।
झट्ट हेर्दा उनले लकडाउन प्रारम्भ भएदेखि नै दाह्री काटेका छैनन् जस्तो लाग्छ ।
यसअघि कहिले नदेखिएको रुपमा प्रस्तुत भएका निखितको उक्त तस्बिरले थुप्रै रियाक्सन तथा प्रतिक्रिया पाइरहेको छ ।
टेलिभिजनकर्मी महेश राणाले प्रतिक्रिया जनाउँदै लेखेका छन्-‘प्रभू की जय हो ।’
निर्देशक अनिल संग्रौला लेख्छन्- ‘अब यो गेटअपमा आउनु पर्यो ।’
फेसन व्यवसायी सुजन सुवेदी लेख्छन्- ‘वाउ, मेरो दाइ ।’
निखिल पत्नी अभिनेत्री सञ्जिता लुईंटेलले लभ इमोजीसहित लेखेकी छिन्- ‘बी’ ।
निर्देशक शिवम अधिकारीले ‘रक अन’ भनेका छन् भने निर्देशक मुस्कान ढकालले ‘फरक लूक’ भनेका छन् ।
उक्त तस्बिरमा करिव दुई सय लाइक, ४८ प्रतिक्रिया आएका छन् भने १८ जनाले यसलाई शेयर गरेका छन् ।


