बलिउड अभिनेत्री सोनाली बेन्द्रे सोसल मिडियामा निकै सक्रिय रहन्छिन्। उनी अक्सर आफ्ना तस्बिर र भिडियो सेयर गरिरहन्छिन्। हालै सोनालीले आफ्ना पुराना दिन स्मरण गर्दै बिकिनी लगाएको तस्बिर सेयर गरेकी छन्।
सबै तस्बिरमा उनी सुन्दर देखिएकी छन्।तस्बिर सेयर गर्दै उनले लेखेकी छन्, ‘यो केबल थ्रो ब्याक तस्बिर मात्र होइन। सूर्य, समुद्र, हावा सबैलाई सम्झेको छु।’
पहिलो तस्बिरमा सोनाली पहेंलो बिकिनी लगाएर घाममा पोज दिइरहेकी छन्। त्यही अर्को तस्बिरमा उनी समुद्र किनारमा सुन्तला रङको स्विमिङ वयरमा दौडिरहेकी छन्। उनको यो लुकको उनका फ्यान तारिफ गरिरहेका छन्।
२०१८ जुलाईमा सोनालीलाई मेटास्टैटिक क्यान्सर भएको थियो। यसपछि उनी उपचारका लागि न्युयोर्क गएकी थिइन्। उपचारको क्रममा उनको कपाल काट्नु परेको थियो। उनी गत वर्ष डिसेम्बरमा भारत फर्केकी हुन्।


