काठमाडौं । नेपाली फिल्म क्षेत्रमा अहिले एक अर्कालाई आरोप प्रत्यारोप गर्ने सिजन चलिरहेको छ । लकडाउनका समयमा घरमा बसेका कलाकारहरु आफुहरुले दिएको अभिब्यक्तिका कारण विवादित भएका छन् । केही दिन यता अभिनेत्री सामाज्ञी राज्यलक्ष्मी देवी शाह र फिल्म निर्माता तथा अभिनेता भुवन केसीबीच विवाद चलिरहेको छ ।
यसै क्रममा केहि दिन अघि देखि विवादमा तानिएका छन् महानायक राजेश हमाल र दिपाश्री निरौला । अभिनेत्री दिपाश्रीले दिएको एक अभिब्यक्तिका कारण उनीहरु विवादित भएका हुन् । खास गरी कलाकार दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भनेर दिएको अभिब्यक्तिका कारण विवादित भएका हुन् ।
हमालको महानायक पदवीमाथि प्रश्न उठाएपछि दीपाश्रीलाई अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । निकै आलोचना खेपेपछि अहिले दिपाश्रीले आफ्नो बोली फेरेकी छन् । दिपाश्रीको मात्र होइन दिपाको सो अभिब्यक्ति पछि राजेशका बारेमा पनि टिप्पणी भइरहेको छ । आफ्नो चौतर्फी आलोचना भएपछि दीपाश्रीले बोलि फेरेकी छन् भने राजेशले पनि टिप्पणी गरेका छन् । दिपाश्रीले सामाजिक सञ्जाल फेसवुक मार्फत माफी पनि मागिसकेकी छन् ।
यसै क्रममा कलाकार तथा निर्माता दीपकराज गिरीले मुख खोलेका छन् । उनले लेखेका छन्–‘मेरो बाटो, मेरो लक्ष कहिले पनि महानायकको घरतिर मोडिएन । मेरो गल्ती विना नै मलाई जबरजस्ती महानायक बनाउनेहरुलाई धन्यवाद ।’
दीपकले आफू कलाकार भएदेखि नै हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त जस्तो बन्न चाहेको पनि उल्लेख गरेका छन् । दीपक अगाडि लेख्छन्–‘जब असत्य चिच्याई चिच्याई बोलेर भीड जम्मा गरिरहेको हुन्छ, सत्यले चुपचाप आफ्नो बाटो हिड्नु राम्रो ।’




















