गोरखा समाचारदाता
काठमाण्डौं – गायिका मिना कार्कीको एल्बम सदिक्षा भित्र समावेश दोस्रो गीत ‘मायामा मालामाल’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेम भावको यस गीतमा स्वर सन्तोष श्रेष्ठ र मिना कार्कीको रहेको छ । गीतका शब्द डा.नवि अधिकारी (टकिन्द्र)ले लेखेका हुन् भने संगीत गायक तथा संगीतकार सन्तोष श्रेष्ठको नै रहेको छ । यस गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन् ।
म्युजिक भिडियोमा कमल सिंह र नग्मा श्रेष्ठ फिचर्ड छन् । सन्तोष राजबाहकको कोरियोग्राफी तथा निर्देशनमा बनेको भिडियोलाई उत्सव दाहालले छायाँकन र टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । ओएसार डिजिटल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।
यसअघि आफ्नो पहिलो गीत ‘शिरमा शिरफुल’ सार्वजनिक गरेकी गायिका कार्की पेशागत हिसाबले एक अनुसन्धानकर्ता, सक्रिय स्वास्थ्यकर्मी र सिनियर नर्स पनि हुन् । एल्बम ‘सदिक्षा’ भित्रका प्रत्येक गीतका म्युजिक भिडियो क्रमशः सार्वजनिक गर्दै जाने गायिका कार्कीले जानकारी गराएकी छिन् ।




















