काठमाडौं- नारायण थापाको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ ।
‘डबल पारेर’ बोलको गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ ।
डान्सिङ्ग बिटमा तयार पारिएको गीतको भिडियो सन्तोष राजबाहकको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको छ ।
भिडियोमा कमल सिंह र एलिसा राई फिचर्ड छन् ।
ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाँकन गरेको भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।
भिडियो आभूषण इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो।
नारायण थापाको स्वरमा यस भन्दा पहिले थुप्रै गीत सार्वजनिक भइसकेका छन् ।
मुना मदन,कुनै दिन त भेट होला,तिम्रो मुटु मेरो मुटु जस्ता गीतहरुलाइ दर्शक श्रोताले रुचाएका छन् ।




















