काठमाडौं – गायक सन्जिब पराजुलीको नयाँ गीत ‘मन’को भिडियो सार्वजनिक भएको छ ।
गीतमा हरि लम्सालको संगीत र प्रल्हाद शाहको शब्द छ ।
गीतमा रिकेस गुरुङको एरेन्ज तथा प्रकाश मिश्रको मिक्सिङ र मास्टरिङ छ ।
गीत ‘मन’को भिडियोमा गणेश शाहीको निर्देशन छ ।
भिडियोमा विकास लामिछाने, मलाइका बस्नेत, पुजा शाह र आशिक खड्का फिचर्ड छन् ।
भिडियोमा फराज अर्पण (नेपाल) र राजीव भुषाल (अष्ट्रेलिया) को छायांकन र फराजकै सम्पादन छ ।
गीतकार प्रल्हादको गीत ‘परानै दिन्छु’, ‘हुक्का माथि चिलिम’लगायतका गीत चलेका गीतमा पर्दछन् ।
गायक पराजुलीका ‘कर्के नजर’, ‘नाइँ मलाई थाहा छैन’, ‘पहिलो भेटैमा’, ‘हिट हिट गीत’, ‘छैन मलाई पीर’ जस्ता डान्सिङ नम्बरका गीत पछि ‘मन’ बोलको गीत सार्वजनिक भएको हो ।
गायक पराजुलीको ‘झिलमिल झिलमिल’, ‘त्यो सपना’, ‘तिमी मलाई मन पर्छ’, ‘चाहनामा’ गीत पनि चलेका गीत हुन् ।


